सन्तोषको ‘स्मृतिको पुरानो दह’ सार्वजनिक

  • भदौ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान/  गत शनिबार (भदौ २३) यहाँ कवि–साहित्यकारहरूको लोभलाग्दो जमघट थियो ।

यो संयोग जुराएको थियो, कलरव धरानले र सन्दर्भ थियो, कवि सन्तोष थेबेको दोस्रो कविताकृति ‘स्मृतिको पुरानो दह’ को लोकार्पण समारोह ।

पछिल्लो समय अमेरिकामा बसोवास गरिरहेका थेबे आप्mनो काव्यकृति विमोचनकै लागि केही दिनअगि गृहनगर धरान आइपुगेका हुन् ।

थेबेका कविताहरू निकै सुन्दर र कोमल भएको धारणा कवि बम देवानले राखे ।

कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले प्रकाशन गरेको थेबेको नयाँ काव्यकृतिबारे अर्का कवि मनु मञ्जिलले बोले ।

उनले कवि थेबेलाई ‘छोटा कविताहरूका सिद्धहस्त कलाकार’ भन्न रुचाए ।

कविता लेखनका क्रममा आउने विचारको प्रवाहलाई नियन्त्रण गर्न कठिन हुने धारणा राख्दै कवि मनुले भने, ‘यो काम कलाकारले मात्र गर्न सक्छ र सन्तोषले यही काम सफलतापूर्वक गरेका छन् ।’ कार्यक्रममा थेबेका कविताबारे कवि कुन्ता शर्माले पनि बोलेकी थिइन् ।

धरान र यसवरपरका कवि–साहित्यकारहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा कवि थेबेले पनि आप्mना धारणा राख्दै सङ्ग्रहभित्रको उउटा कविता वाचन गरेका थिए ।

यसैगरी कविहरू हेमन यात्री, करुणा राई र बिरेन सुब्बाले पनि सङ्ग्रहभित्रका कविताहरू वाचन गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved