छ नम्बर वडाअध्यक्ष राप्रपा प्रवेश

  • भदौ २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपालमा स्थापित गणतन्त्र, धर्म निरपेक्ष र संघीयताले देशमा अराजक अवस्था निम्त्याउदै गएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् ।

लिङ्देनले धरान उपमहानगरपालिका वडा नं. ६ बाट स्वतन्त्र उमेद्वारबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने कार्यक्रममा वडाध्यक्षकै घरमा प्रवेश कार्यक्रममा बोल्ने क्रममा यस्तो बताएका हुन् ।

उहाँले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपालमा हिन्दु राष्ट्र, संघीयता र धर्मनिरपेक्ष राष्ट्र हुनुहुदैन भन्दै वकालत गर्दै हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अभियान जारी रहेको स्पष्ट पार्दै अहिले नविन राप्रपा अभियान देशभर चलाएको बताए ।

उनले नेपालमा गणतन्त्र, धर्म निपेक्षता र सघीय प्रणलीमा गए पनि देश अराजकतातर्फ उन्मुख हुदै गएको, धार्मिक तथा जातीय सद्भाव खल्बलिन थालेको र जनताले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नपाएको बताए ।

उनले देशमा अमनचयन, सुशासन र सम्बृद्धिका लागि राजसंस्था र धार्मिक तथा सामाजिक विखण्डन रोक्ने हिन्दु राष्ट्र अपरिहार्य भएको बताए ।

गणतन्त्र, धर्मनिरपेक्ष तथा संघीय प्रणालीले देशमा कुनै न कुनै दिन दुर्घटना निम्त्याउने भएकोले सबै सचेत हुन आवश्यक रहेको बताए ।

गणतन्त्र स्थापनापश्चात भएको दोस्रो स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट असन्तुष्ट भएर स्वतन्त्र उमेद्वार बनेर विजयी बनेका वडाध्यक्ष भट्टराईले पार्टी प्रवेशपछि बोल्दै अहिले धरानमा धार्मिक, जातीय सद्भाड भड्किएको र पर्यटकहरु समेत आउन छाडेको अवस्थामा राप्रपाको अभियानलाई आत्मसात गरेर अगाडि बढ्न सकेको खण्डमा विकृति, विसंगतिको अन्त्य गर्न सकिन्छ भन्ने अभिप्रायले आफू राप्रपामा प्रवेश गरेको स्पष्ट पारे ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामकुमार सुब्बा ,जिल्ला सदस्य उद्धब श्रेष्ठ ,जिल्ला सदस्य नमुना योञ्जन श्रेष्ठ, अशोक अविरल राई,सुनसरी क्षेत्र न.१ (क) का जुद्ध लोहनी ,सुनसरी जिल्ला क्षेत्र १.क्षेत्रीय अध्यक्ष पुर्ण बहादुर बस्नेत लगायत को उपस्थिति रहेको थियो ।

धरानमा जातीय सद्भाव खल्बलिएको र सनातन हिन्दु धर्मको प्रवद्र्धन गर्न लिङदेन समय समयमा धरान आउने गरेका छन् ।

केही समय अगाडि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबमको दर्शन गर्न समेत आएका थिए । त्यसबेला धरान १४ विजयपुरको बालगोपाल अगाडि बनेको चर्चको विषय चर्चामा रहेको थियो ।

चर्चको विषयमा उनँले केही नबोले पनि नेपालमा हिन्दु राष्ट्र घोषणा गरे धार्मिक सद्भाव मजबुत हुन्छ भन्ने धारणा व्यक्त गरेका थिए ।

देशैभर सुनचाँदी व्यव ...

धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल ...

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved