चिकित्सको अन्दोलन झन झन कडा बन्दै, थप दुई कक्षमा तालाबन्दी

  • भदौ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  केही समयपछि परीक्षा नै ठप्प पर्ने गरी परीक्षा शाखामा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुको माग पूरा नभएपछि उनीहरु थप आन्दोलित भएका छन् ।

माग पूरा गर्न दबाब दिदै आएका चिकित्सकहरुको संस्था शिक्षक कल्याण समाजले माग पूरा नभएपछि थप आज डिन कार्यालय र शिक्षा महाशाखामा तालाबन्दी गरेका छन्

लामो समयदेखि कार्यरत चिकित्सक, कर्मचारी तथा शिक्षकहरुको बढुवा रोक्का गरिएको र बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै शिक्षक कल्याण समाजले परीक्षा शाखामा तालाबन्दी गरेका थिए ।

तर उनीहरुको माग प्रतिष्ठान प्रशासनले सुनुवाई गरेन ।

आफूहरुको मागको वेवस्ता भएको भन्दै उनीहरुले आज थप दुई वटा निकायमा तालाबन्दी गरेका हुन् । उनीहरुले प्रतिष्ठानको डिन कार्यालय शिक्षा महाशाखामा तालाबन्दी गरेका हुन् ।

प्रतिष्ठान आफूहरुको मागप्रति गम्भीर नभएको उनीहरुको आरोप छ ।

प्रक्रियागत रुपमा नै बढुवा हुनुपर्ने भएपछि ६ महिनादेखि रोकिएकोप्रति उनीहरु आक्रोसित भएका छन् ।

उपकुलपति, रजिष्ट्रार, शिक्षाध्यक्ष र अस्पताल निर्देशकको संयुक्त पहलकदमीको अभाव, व्यक्तिगत रिसिवई साध्ने,

स्वास्थ्य मन्त्रालयले पनि टिमवर्क गरेर लान सक्ने क्षमतावान उपकुलपति पठाउन नसक्दा जायज मागको समयमै सम्बोधन गर्दा पनि सम्बोधन हुन नसकेको मेडिसिन विभागका चिकित्सक डा. रविन मास्केले बताए ।

विगत ६ बर्षदेखि बढुवा प्रक्रिया रोकिएको उनीहरुको भनाई छ ।

आन्दोलनको अगुवाई गरेको शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेहराज अहमत खानले आफूहरुको आन्दोलन पूरा नहुन्जेल निरन्तता दिन र सबैलाई आग्रह गरे ।

अहिले उनीहरु कामकाज छोडेर आन्दोलित भएका छन् ।

मागको सुनुवाई नगरी आश्वासन दिनेबाहेक पूरा नभएपछि कडा आन्दोलन गर्नुपर्ने बाध्यता रहेको शिक्षक कल्याण समाजका अध्यष डा. सेहराज हमत खानले बताए ।

प्रतिष्ठानमा अहिले यही विषयमा लिएर शिक्षक, विद्यार्थी कर्मचारीहरु आन्दोलित छन् ।

यस विषयमा पटक पटक छलफल हुने गरेको छ तर निष्कर्षमा पुग्न नसक्दा आन्दोलन रोकिएको छैन ।

उनीहरुले एक सुत्रीय माग बढुवा प्रक्रियालाई निरन्तता दिनुपर्ने राख्दै आएका छन् ।

बढुवा प्रक्रियालाई सुचारु गरेर कामको आधारमा मूल्यांकन गरेर बढुवा गर्नुपर्ने उनीहरुका माग छ । माग पूरा नहुन्जेल आन्दोलन गरिरहने चेतावनी उनीहरुले दिएका छन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved