खेलकुद

    Showing 71-80 of 650 items.
  • २०औँ ललित–अम्बर डिपो कप:आयोजक टीम पहिलो खेलमै विजय

    धरान/ डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को सुरु भएको छ । बिहीबार भएको उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालयले जोलसाया एकाडेमी धरान –११ लाई ०–१ गोलले पराजित गर्यो ।  आयोजक डिपोकोलागि जर्सी –१० का खेलाडी करन खड्काले गोल गरेका थिए । उक्त गोल मध्यान्तरपछिको ११ औं मिनटमा भएको थियो । खेलमा डिपोका खेलाडी करन खड्का म्यान अफ द म्याच भएका थिए । म्यान अफ द म्याच खड्कालाई उद्घाटन खेलका प्रमुख अतिथि MVO विष्णुकुमार राईले पुरस्कार वितरण गरेका थिए । नकआउट शैलीमा हुने यो प्रतियोगिताकोलागि धरानभित्र र बाहिरगरि १६ विद्यालयहरु

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

    धरान/देउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ । शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो । छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ । त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ । एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्कुल धरान–५, आव

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा महिला रनिङ कप सुरु, उद्घाटन खेलमा वडा १७ विजयी

    धरान /दोस्रो धरान वडा–स्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता बिहीबार धरान–१६ स्थित रंगशालामा आकर्षक प्रतिस्पर्धासहित सुरु भएको छ। उद्घाटन खेलमै गत वर्षको च्याम्पियन वडा नं. १७ ले वडा नं. १६ लाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेलको पहिलो हाफको १४औँ मिनेटमा वडा १७ की जर्सी नं. १२ सुनिता राईको तीव्र प्रहारले १६ नं. वडाको जाली चुमेपछि खेलमा रोमाञ्च बढेको थियो। बराबरीमा फर्किन वडा १६ ले प्रयास गरे पनि सफल हुन सकेन। सुनिताको सोही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। उता, सशक्त प्रदर्शनका आधारमा वडा १६ की प्रमिला जिमी ‘प्लेयर अफ द म्याच’ घोषित भइ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 335 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमी कपको उपाधि आयोजक टिम ‘सुनाखरी रेड’ ले जित्यो

    धरान/सुनसरी जिल्ला अन्तरविद्यालयीय सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम सुनाखरी रेड ले रोमाञ्चक जीतसहित हात पारेको छ। एन्फा टेक्निकल सेन्टरमा बुधबार सम्पन्न फाइनलमा सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई ट्राइबेकरमा ३–२ ले हराउँदै पहिलो संस्करणको च्याम्पियन बनेको हो। कडा प्रतिस्पर्धासहित ट्राइबेकर पुगेको खेलमा सुनाखरी रेडका एलिन थापा मगर, श्रीहाङ राई र प्रनिस राईले निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाए। ट्राइबेकरमा अनिस गुप्ता र राजेश ओझाको प्रहार बाहिरिए पनि सुनाखरीको जित रोकिएन। उपाधिसँगै विजेता टिमले नगद ५० हजार, उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार पुरस्कार प्राप

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 392 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हेल्पिङ ह्यान्ड्सद्वारा दुबईमा फुटबल प्रतियोगिता नखिल गोर्खा फुटबल क्लब च्याम्पियन

    दुबई/ दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्यान्ड्स पूmटबल प्रतियोगिता–२०२५’ को उपाधि अबुधाबीको नखिल गोर्खा पूmटबल क्लबले हात पारेको छ । दुबईमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा ग्रीन सिटी इलामलाई २–० गोलले पराजित गर्दै नखिल गोर्खाले प्रतिष्ठित उपाधि जितेको हो । नेपाली समुदायबिच सबैभन्दा ठुलो पुरस्कार राशी भएको प्रतियोगितामा विजेता नखिल गोर्खाले ८ हजार ४११ दिराम (करिब ३ लाख २९ हजार रुपैयाँ) र उपविजेता ग्रीन सिटीले ४ हजार ४११ दिराम (करिब १ लाख ७३ हजार रुपैयाँ) प्राप्त गरे । प्रतियोगितामा धरान युनाइटेड एफसीलाई ‘फेयर–प्ले अवार्ड’ प्रदान गरिएको थियो भने

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 913 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमी कप: नेपाल पुलिस स्कुल फाइनलमा प्रवेश

    धरान/ धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा सोमबार सम्पन्न पहिलो सुनाखरी एकेडेमी कप–२०८२ को अन्तिम सेमिफाइनलमा नेपाल पुलिस स्कुलले ज्वालामुखी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलभरि आक्रामक प्रदर्शन गरेको पुलिस स्कुलका धेरै प्रयासहरू ज्वालामुखीको सशक्त र संगठित डिफेन्सले रोक्दै उत्कृष्ट प्रतिरक्षा खेल प्रस्तुत गरेको थियो। उत्कृष्ट प्रदर्शनका आधारमा पुलिस स्कुलका जर्सी नं. ६ समिन आलम ‘म्यान अफ द म्याच’ घोषित भए। यसअघि आइतबार

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 659 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

    धरान/  धरान–१५ स्थित नौले पथ ब्याडमिन्टन क्लबले यस वर्ष नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने तयारी पूरा गरेको छ। मंसिर १८ देखि २० गतेसम्म चल्ने प्रतियोगिता क्लबकै हलमा हुनेछ, जहाँ B–Level (Double) र Under 13 (Single) गरी दुई विधामा प्रतिस्पर्धा हुने क्लबले जनाएको छ। प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन विजेता खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित उल्लेख्य पुरस्कार राशी राखिएको छ। B–Level (Double) मा प्रथम हुने टोलीले रु. २० हजार, द्वितीयले रु. १० हजार तथा तृतीय स्थान हासिल गर्ने दुई टोलीले प्रत्येकी रु. ५ हजार प्राप्त गर्नेछन

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमी कप : सुनाखरी रेड फाइनलम

    धरान/ सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो।  खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासीय स्कुलले बलियो प्रतिरोध र निरन्तर प्रयास गरे पनि पहिलो हाफमा बराबरी गोल फर्काउन सकेन। दोस्रो हाफमा सुनाखरी रेड अझ आक्रामक बनेर उत्रियो। हाफको सुरुवाती ५ मिनेटमै जर्सी नम्

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप :नेपाल पुलिस र ज्वालामुखी सेमिफाइनलम

    धरान/ सुनसरी जिल्लामा जारी अन्तरविद्यालय सुनाखरी कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका क्वाटरफाइनल खेलहरूमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुलले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले माउन्ट हर्मन स्कुललाई ६–१ को निर्णायक अन्तरले हरायो। खेलमा पुलिसका समीर राई चम्किए—पहिलो हाफको १०औँ मिनेट, दोस्रो हाफको २०औँ र २३औँ मिनेटमा गरी उनले ह्याट्रिक पूरा गरे। साथै, उज्ज्वल थापा ले पहिलो हाफको १९औँ र दोस्रो हाफको १२औँ मिनेटमा दुई गोल जोडे। विकास मगर ले दोस्रो हाफको १७औँ मिनेटमा एक गोल थपे।   दोस्

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप: प्रभात सेकेन्डरी र सैनिक आवासीय क्वाटरफाइनलमा

    धरान/ जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ। मङ्गलबारको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ ले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुल लाई प्रभावशाली प्रदर्शनका साथ ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं.

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved