धरान/२५ औं संस्करणको बढासुब्बा गोल्डकपको उपाधी जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधीमा ह्याट्रिकगरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधीमा ह्याटिक गरेको हो। एनआरटीले१० औंसंस्करण र २४ औंसंस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधी जितेको थियो। उपाधीसँगै एनआरटीले नगद१० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ। प्रतिष्पर्धात्मक खेलमा अग्रता उदाहरणे चर्चब्वाइजले लिएको थियो। खेलको २४ औं मिनेटमा रोहन कार्कीको फ्रिकिकलाईकप्तान अनन्त तामांगले हेड गोल गरेका थिए। गोल खाएको तीन मिनेट नबित्दै
धरान/ २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना भई रहेको यस समयमा धरान रंगशालामा दर्शकहरुको सवारी साधनको पार्किङ्गको विषयलाई लिएर सामाजिक संजालमा प्रश्न उठेकोमा धरान फुटवल क्लबको ध्यानाकर्षण भएको छ। सर्वप्रथम प्रतियोगिता हेर्न आउने दर्शकहरुले आफ्नो सवारी साधन रंगशाला बाहिर पार्किङ्ग गरेर ढुक्कसँग खेलको मनोरञ्जन लिओस भन्ने क्लबको मनसाय हो। दर्शकले पार्किङ्ग शुल्क तिरेपछि दर्शकको सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङ्गको जिम्मेवारी लिने संस्था नै हुन्छ। विगत लामो समय देखि नै खेलकुद सम्बन्धी संस्था तथा सामाजिक संस्थाहरुलाई नै सहयोग पुगोस भन्ने उद्देश्य
बिकास चाम्लिङ राईधरान। किराँत नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिताको आयोजना हुने भएको छ । किरातिहरुले माघ १ लाई देखि यलम्वर संवतको रुपमा नया वर्ष मान्दै आइरहेको छ । यहि माघ १ गते देखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन । किराति नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केट
धरान । साविक विजेता न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीकालागी शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए । एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्नेछ । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुुरस्कार प्राप्त गरेका छन् । पहिलो हाफमा गोल रहित बराबरीमा रो
धरान । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । दोस्रो ह
बुधरान । धरानमा जारीे अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता. अन्तर्गत दोस्रो दिन भएको प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको छ ।धरान १६ रंगशालामा भएको प्रतियागिता अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो ।खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए । तर खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा १ गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसयता दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेल
धरान । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराब
सुनसरी– हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेजमाथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोल
विराटनगर/ विराटनगरको कान्तिपुर कलेजले हिसान फुटबलको उपाधि जितेको छ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार विराटनगरको शहिद मैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे । फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्
धरान/ धरानका उत्साहित भू.पू. फुटबल खेलाडीहरूको सक्रियतामा वि.स. २०५५ साल असार ९ गते धरान फुटबल क्लबको विधिवत स्थापना भयो । मोफसलबाट फुटबल खेललाई योगदान दिने उद्देश्यले गठन भएको यो क्लबले सोही सालको कार्तिक २५ गतेबाट अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्कपको शुरुवात गरेको हो । तर गोल्डकपको शुरुवात गर्ने क्लबले गोल्कपको शुरुवाती चरणबाट पटक पटक फाइनलमा प्रवेश गरे पनि क्लबले घरेलु मैदानको फाइदा कहिल्यै लिन सकेन सधै पराजित बन्यो । यस पटकको २५ औं गोल्डकपमा भने उपाधि आफ्नो पोल्टामा पारेर इतिहास रच्ने दाउमा क्लब दुई महिना अगाडिदेखि कसरमा रहेको छ । क्लब दर्ता भएपछि पहिलो पटक मोफसलकै ठूलो प्रत