धरानमा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

  • मंसिर १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१५ स्थित नौले पथ ब्याडमिन्टन क्लबले यस वर्ष नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने तयारी पूरा गरेको छ।

मंसिर १८ देखि २० गतेसम्म चल्ने प्रतियोगिता क्लबकै हलमा हुनेछ, जहाँ B–Level (Double) र Under 13 (Single) गरी दुई विधामा प्रतिस्पर्धा हुने क्लबले जनाएको छ।

प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन विजेता खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित उल्लेख्य पुरस्कार राशी राखिएको छ। B–Level (Double) मा प्रथम हुने टोलीले रु. २० हजार, द्वितीयले रु. १० हजार तथा तृतीय स्थान हासिल गर्ने दुई टोलीले प्रत्येकी रु. ५ हजार प्राप्त गर्नेछन्।

त्यस्तै Under 13 Single वर्गमा बालक र बालिका दुवैमा प्रथमलाई रु. ५ हजार, द्वितीयलाई रु. ३ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई जनालाई रु. १ हजार ५ सय प्रदान गरिनेछ।

दर्ता शुल्क B–Level का लागि प्रति व्यक्ति रु. ५०० र Under 13 का लागि रु. ३०० राखिएको छ। टिम दर्ता गर्ने अन्तिम मिति मंसिर १७ गते साँझ ५ बजेसम्म तोकिएको छ भने प्रतियोगिताको समय तालिका मंसिर १८ गते बिहान ९ बजे सार्वजनिक गरिनेछ।

प्रतियोगिता BWF र NBA का नियमअनुसार सञ्चालन गरिने भएकोले खेलमैदानमा Yonex Mavis 350 Shuttle प्रयोग गरिने क्लबले जनाएको छ।

खेलाडीहरूले आफ्नो स्वास्थ्य सुरक्षा तथा तयारीमा विशेष ध्यान दिनुपर्नेछ। खेल discipline भंग गर्ने, झगडा गर्ने गतिविधिमा संलग्न हुने खेलाडीलाई यलो, रेड र ब्ल्याक कार्डमार्फत कडा कारबाही गरिनेछ।

धरानका उदाउँदै गरेका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने, स्थानीय खेल क्षेत्रलाई सबल बनाउने र नयाँ पुस्तामा खेलSpirit बढाउने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले निकै उत्साह र प्रतिस्पर्धा पैदा गर्ने आयोजकको विश्वास छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved