सुनाखरी एकेडेमी कप : सुनाखरी रेड फाइनलम

  • मंसिर १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो।

 खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासीय स्कुलले बलियो प्रतिरोध र निरन्तर प्रयास गरे पनि पहिलो हाफमा बराबरी गोल फर्काउन सकेन।

दोस्रो हाफमा सुनाखरी रेड अझ आक्रामक बनेर उत्रियो। हाफको सुरुवाती ५ मिनेटमै जर्सी नम्बर १० श्रीहाङ लिम्बुले गोल गर्दै अग्रता २–० मा पुर्‍याए।

त्यसपछि १९औँ मिनेटमा जर्सी नम्बर २६ प्रज्वल तामाङले अर्को १ गोल थपेपछि सुनाखरी रेड ३–० ले मजबुत स्थितिमा पुग्यो। खेलको अन्तिमसम्म सैनिक आवासीय स्कुलले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल गर्न असफल रह्यो।

 सुनाखरी रेडका आदेश पोद्दार ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई स्कुलका संस्थापक किशोर सुब्बा ले नगद रु. १ हजार सहित ट्रफी प्रदान गरे।

प्रतियोगिताअन्तर्गत सोमबार हुने अर्को सेमिफाइनल खेल नेपाल पुलिस स्कुल र ज्वालामुखी माध्यमिक विद्यालय बीच हुने आयोजकले जनाएको छ। आइतबारको बिजेता सुनाखरी रेड र सोमबारका विजेताबीच बुधबार फाइनलमा रोमाञ्चक भिडन्त हुनेछ। 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved