डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

  • मंसिर २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/देउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ ।

शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो ।

छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ ।

त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ ।

एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्कुल धरान–५, आवरहोम वोडिङ स्कुल धरान–१९ र आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान समेतका ५ स्कुलका १५ टिमको सभागीता रहेको स्कुलका प्रिन्सिपल नविन गौतमले जानकारी दिनुभयो ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्वु, स्कुलका प्रिन्सिपल नविन गौतम,निर्देशक पृथ्वी रइका मगरले ट्रफि मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

पढाईका अतिरिक्त खेलकुदमा पनि विद्यार्थीहरुलाई अगाडी वढाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने स्कुलका प्रिन्सिपल गौतमको भनाई रहेको छ ।

अन्य खेल सरह बास्केट बल खेललाई प्रति अगाडी वढाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको स्कुलका निर्देशक मगरको भनाई रहेको छ ।

कार्यक्रमको अध्यक्षता स्कुलका अध्यक्ष पूर्णप्रसाद लिम्वूले गर्नुभएको थियो ।

 

 

 

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved