२०औँ ललित–अम्बर डिपो कप:आयोजक टीम पहिलो खेलमै विजय

  • मंसिर २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को सुरु भएको छ ।

बिहीबार भएको उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालयले जोलसाया एकाडेमी धरान –११ लाई ०–१ गोलले पराजित गर्यो । 

आयोजक डिपोकोलागि जर्सी –१० का खेलाडी करन खड्काले गोल गरेका थिए । उक्त गोल मध्यान्तरपछिको ११ औं मिनटमा भएको थियो ।

खेलमा डिपोका खेलाडी करन खड्का म्यान अफ द म्याच भएका थिए । म्यान अफ द म्याच खड्कालाई उद्घाटन खेलका प्रमुख अतिथि MVO विष्णुकुमार राईले पुरस्कार वितरण गरेका थिए ।

नकआउट शैलीमा हुने यो प्रतियोगिताकोलागि धरानभित्र र बाहिरगरि १६ विद्यालयहरुको सहभागिता रहेको छ । पहिलो आउनेलाई पहिलो दर्ता गरिने नियमअनुसार प्रतियोगितामा १६ विद्यालय रहेको हो ।

भोलिको पहिलो खेल एप्पल मन्टेसरी र नोबेल एकाडेमीबीच हुनेछ । यसैगरि दोस्रो खेल सिध्दार्थ शिशु सदन र कार्मेल हाइस्कुल र तेस्रो खेल समिट सेकेण्डरी स्कुल र आइडल इङ्लिस बोर्डिङबीच हुनेछ । प्रतियोगिताको अन्तिम खेल पुस ३ गते हुनेछ ।

यो प्रतियोगिता डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नाममा नामकरण गरिएको हो । 

यो प्रतियोगितामा विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेताले विद्यालयले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ, खेलाडीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

डिपो कपसङ्गै पहिलो खेलमा पराजित विद्यालयहरुबीच पनि प्रिितयोगिता हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार लिम्बूको सम्झाना हुने यो प्रतियोगितालाई लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ दिइएको छ ।

पराजित विध्यालहरुबीच हुने दिलकुमार प्लेट च्याम्पियनका विजेता विद्यालयले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेता विद्यालयले नगद २ हजार १ सय ११ रुपैया, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved