सितोरियो करातेमा विद्यार्थीको आकर्षक

  • आश्विन ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपालले सितोरियो करातेमा गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ ।

यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हुदै गएका हुन् ।

सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ ।

पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् ।

यस खेलको विकासका लागि नेपाल सितेरियो करातेसँघ गठन भएको छ भने सरकारी स्तरबाट समेत यो खेलको प्रवद्र्धनमा सहयोग पु¥याएको छ । विगत २०५२ सालदेखि धरानका प्रशिक्षक किरण लामाले सितोरियो कराते सम्बन्धी प्रशिक्षण दिँदै आउनु भएको छ ।

जिल्ला खेलकुद परिषद्का प्रशिक्षण समेत रहनु भएका लामाले दिएको प्रशिक्षणबाट अब्बल खेलाडी उत्पादन भएकै कारण पनि यस खेलमा रुचि राख्नेहरु प्रशिक्षणका लागि आउने गरेका हुन् ।

धरान १६ स्टुडियममा हुदै आएको प्रशिक्षणमा बढी मात्रामा धरानका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।

उनीहरुले सिकेर ‘सेल्फ डिफेन्स’ सँगै राष्ट्रिय खेलमा योगदान पु¥याउने बताएका थिए ।

यहाँ विहान र बेलुका गरेर प्रशिक्षण दिने गरिएको छ । अहिले ३ जनाले प्रशिक्षण लिँदै आएको प्रशिक्षक लामा बताउनुहुन्छ । यहाँ आउनेहरु स्वास्थ्यसँगै राम्रो खेलाडी बन्ने उद्देश्यले प्रशिक्षणमामा आउने गरेको बताए ।

यहाँ खेल्ने खेलाडीहरुको ग्रेड बढ्ने बताउँदै ग्रेड बढ्दै जाँदा ब्लाकबेल्ड सम्म पुग्न तीन चार बर्ष लाग्ने भए पनि प्रशिक्षार्थीको क्षमता अनुसार चाडै पनि ग्रेड बढ्न सक्ने बताए ।

करातेको इतिहासलाई हेर्ने हो भने नेपालले राष्ट्रिय स्तरका प्रतियोगितामात्र हैन अन्तर्राष्ट्रिय स्तरका सार्क गेम, बंगलादेशमा भएको विजी कराते च्याम्पिसियन लगायतका प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक नजितेको रेकर्ड नै छैन ।

यसले गर्दा पनि खेलप्रति सानै उमेरदेखि आकर्षण बढेको हो । तर यो खेलको प्रवद्र्धनमा राज्यले जति सहयोग गर्नुपर्ने हो त्यो अनुसारको सहयोग भने नगरेको खेलसम्बन्धीत व्यक्तित्वहरुले बताउदै आएका छन् ।

हात्ती आतंकबाट त्रसि ...

इटहरी/ वर्षेनी हात्तिको आक्रमणबाट जनधनको क्षती हुन ...

अपाङ्गतामैत्री नीति ...

विराटनगर/ राज्यले नीति निर्माण गर्दा प्रक्रिया अर् ...

कोशी अस्पतालका कुरुव ...

विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिर ...

राजमार्गमा गैरकानुनी ...

धरान/ स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved