चार महिनामै भत्कियो सिद्धि विनायक पथ

  • असोज ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt - सन्देश तिम्सिना

धरान/ बजार क्षेत्रमै अत्यन्तै व्यस्त र सवारी साधनहरुको चाप हुने सडकमा पर्छ धरान उपमहानगरपालिकाको वडा नम्बर ९ को सिद्धि विनायक पथ 

सवारी साधनको बढी चहलपहल हुने मार्ग निर्माण भएको ४ महिनामै भत्किन थालेको छ ।

गत वैशाख महिनामा कालोपत्रे गरिएको सडक भत्कन थाले पछि खाल्डाखुल्डी पर्न थालेका छन् भने सडकमा लगाएका गिट्टी निस्कन थालेको छ ।

सडकका ठाउँठाउँमा खाल्डो पर्ने, धुलो र गिट्टि निस्कन थाले पछि आवागमनमा असहज भएको स्थानीय सुमिप श्रेष्ठ बताउँछन् । सिद्धि विनायक पथ बाटो पुतली लाईन र आचार्य लाईनलाई जोड्ने मुख्य सडक हो ।

कालोपत्रे भएको सडक ४ महीनामै भत्किन थाले पनि यात्रुहरुलाई पनि असहज बन्दै गएको छ भने खाल्डाखुल्डी हुने, पानी जम्ने र धूलो उड्ने समस्या दोहोरिएको छ ।

कालोपत्रे बने पछि खुशी भएका स्थानीय तथा यात्रु फेरि समस्यामा पर्न थालेका छन् ।

४ महिना नबित्दै सडक भत्किन थाले पछि दुर्घटनाको समेत जोखिम बढ्दै गएको स्थानीयको भनाई छ । स्थानीयका अनुसार केही दिन अघि सडकमा गिट्टीको कारणले स्कुटर दुर्घटना भएको थियो ।

स्कुटर चालकलाई सामान्य चोट लागेको थियो । पछिल्लो समय सडकमा धेरै बाइक स्कुटरहरु गिट्टीमा चिप्लिएर दुर्घटनामा पर्ने गरेका छन् ।
धरान उपमहानगरपालिकाको एक वडा एक पुर्वाधार कार्यक्रम अनुसार वडा नं ९ ले ५ लाख रुपैयाँमा बैशाख महिनामा ठेकेदार सिताराम तामाङलाइ सडक कालोपत्रे गर्न दिईएको थियो ।

धरान उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष रुपेश आचार्यका अनुसार निर्माण भएको सडक कालोपत्रे गरिएको केही समयमै भत्किएको विषयमा गम्भीर भएको बताए ।

उनले पानी रोकिए पछि सडकलाई पुनः निर्माण गरिने र भत्किएको सडक निर्माण व्यवसायीले बनाउने प्रतिबद्धता जनाएको बताए ।
सडक कालोपत्रे गर्ने क्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाले समेत अनुगमन गरेका थिए ।

अनुगमन गर्ने क्रममा उपमेयर बेघाले ९ नं वडाका अध्यक्ष रुपेश आचार्यलाई गुणस्तरीय नभएको र ठाउँठाउँमा राम्रो पिच नभएको बताएका थिए । वडाध्यक्षले पनि सुधार गर्ने समेत प्रतिबद्धता जनाएको उपमेयरका सचिवालयले जनाएको छ ।

वार्षिक बजेट फ्रिज हुने अवश्थामा हतारोमा गरिएको कामले लगानी खेर गएको स्थानीयको आरोप छ । बजेट सक्न मात्रै गरिएको जस्तो भएको उनीहरु बताउँछन् ।

ठेकेदारले पनि गुणस्तरिय सामान प्रयोग नगर्दा कमसल सडक निर्माण भएको उनीहरुको गुनासो छ ।

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved