विद्यार्थीको क्षमता अभिवृद्धि गर्न चित्रकला प्रतियोगिता

  • असोज २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरानः चित्रकलाको माध्यमबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकल विद्यालय नगर समितिले विद्यार्थीहरु सामेल गराएर चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । यो समितिले समय समयमा यस्ता क्षमता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

पछिल्लो समय यो समितिले विद्यार्थीहरुलाई सहभागी गराई चित्रकला प्रदर्शनको आयोजना गरेको छ । विद्यार्थीहरुको क्षमता अपार हुने र बालबालिकाको क्षमतालाई चित्रमार्फत प्रदर्शन गर्न सहयोग पु¥याउन पनि चित्रकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक सुदा सोनीले बताइन्।

प्रतिष्पर्धामा धरान उपमनगरपालिकाभित्र रहेका २४ जना विद्यार्थीहरु सहभागी थिए । यो प्रतियोगितामा सबै समुदायका विद्यार्थी सहभागी रहेको संयोजक सोनीले बताइन् । यसलाई विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने माध्यमको रुपमा लिन सकिने उनको भनाई समय समयमा यस्ता कार्यक्रम गर्दा विद्यार्थीहरुसँग भएको क्षमतालाई प्रस्फुटन गर्ने भएकोले यो समितिले गरेको कामलाई सबैले मुल्यांकन गर्न थालेको समितिकी अध्यक्ष आरती अग्रवालले बताइन् ।

विगतमा कर कापले मात्र चित्रकला सिक्ने भएपनि अहिलेका बालबालिकाहरु स्वस्फूर्त रुपमा चित्रकला बनाउने कलामा आकर्षित हुदै गएको चित्रकार महेन्द्र राईले बताए । चित्रकलाले विद्यार्थीहरुको बौद्धिक क्षमता बढाउन सहयोग पुग्ने उनको भनाई छ ।

एक बर्ष अगाडि गठन भएको यो समितिले यस्ता धेरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । यो समितिले गरिब विद्यार्थीरुलाई लक्षित गरेर उसको अध्ययन, बस्ने, खाने, लगाउने लुगा, स्टेशनरीका सामानहरु प्रदान गर्ने गर्छ । समितिको छनौटमा परेको विद्यालयलाई यसरी सम्पूर्ण कुराहरु प्रदान गर्ने गरिएको समितिले जनाएको छ ।

ऋायोजित चित्रकला प्रदर्शनीमा ४ देखि ७ बर्ष उमेर समूहबाट पिहु अग्रवाल प्रथम, वियान अग्रवाल दोस्रो, पाखी अग्रवाल तेस्रो र मेधांश अग्रवालले सान्तवना स्थान प्राप्त गरेका थिए ।

यसैगरी ८ देखि १२ बर्ष उमेरका छात्र तथा छात्रातर्फ नारायण श्रेष्ठ प्रथम, प्राची श्रेष्ठ द्वितीय, समीक्षा श्रेष्ठ तृतीय र अंश अग्रवालले सान्त्वना स्थान हात पार्न सफल भएका थिए ।

त्यसैगरी १३ देखि १८ बर्ष उमेर समूहका छात्र तथा छात्रामा तेजस्वी अग्रवाल प्रथम, लावनया अग्रवाल द्वितीय, सलोमी लिम्बू तृतीय र आयुष अग्रवालले सान्त्वना स्थान हात पारेका थिए । उनीहरुलाई प्रमाणपत्र तथा नगदले पुरस्कृत गरिएको समितिले जनाएको छ ।

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved