दुहबीमा तृतीय संस्करणको मिसेस तिज प्रतियोगिता हुने चन्दन रौनियार

  • भदौ ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt -चन्दन रौनियार

 सुनसरी/  दुहबीमा नेपालीहरुको महान चाड हरितालिका तिजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ ओटै वाडाका महिलाहरुलाइ लक्षित गरि महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा तृतीय संस्करणको मिसेस तिज २०८०हुने भएको छ ।

संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तिज पर्वलाई बिकृती हुन बाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउन उद्धेश्यले दुहवी जेसीजले दुहबी न.पा. का १२ वटै वडाका महिला दिदीबहीनीहरु लाई एउटै छातामुनी भेला गराई तृतीय संस्करणको मिसेस तिज प्रतियोगिता २०८० यही असोज १ गते हुने दुहवी जेसीज २०२३का अध्यक्ष सुस्मा चौधरीले पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिनुभएको हो ।

दुहवी वडा नं। ४ स्थित आफ्टर डार्क पार्टी प्यालेसको हलमा संचालन हुने उक्त प्रतियोगितामा ३० जना महिलाहरुको सहभागिता रहने भएको जेसीजका पुर्व अध्यक्ष दिपेश राउतले बताए ।

देशमा धेरै सौन्दर्य प्रतियोगिता हुने भएता पनि उक्त प्रतियोगिता भिन्दै प्रकारको प्रतियोगिता भएको र तिज पर्वसंग सम्बन्धित यस प्रतियोगिताले धर्म संस्कृतिको महत्व बुझाउने भएको जेसिज पुर्व अध्यक्ष राउतको दाबी छ ।

आयोजकले कार्यक्रमको दौरान सहभागीहरुलाई र्‍याम्प वाक, स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम साथै व्यक्तित्व विकास तथा आत्मनिर्भर सम्बन्धि प्रशिक्षण दिई सकेको बताएको छ ।

आयोजकले आउने असोज १ गते तिज पर्वका दिन सहभागी सम्पूर्ण महिलाहरुलाई उपहार दिनुका साथै प्रथम हुने प्रतियोगीलाई नगद रु।२१ हजार एकसय द्धितिय हुने प्रतियोगीलाई नगद रु १५ हजार एकसय र तृतिय हुने प्रतियोगीलाई नगद रु १० हजार एकसय साथै विभिन्न नौ विद्या ९उत्कृष्ट पहिरन, उत्कृष्ट मेकअप, उत्कृष्ट केश, उत्कृष्ट मुस्कान, उत्कृष्ट हिडाइ, उत्कृष्ट अनुसासन, सामाजिक संजाल छनौट ,उत्कृष्ट व्यक्तित्व० र ,दिमाग संग सुन्दरता
मा उत्कृष्ट हुने प्रतियोगीलाई रु  ४हजार एकसय नगद पुरस्कार, प्रमाणपत्र तथा गिफ्ट हयाम्परले पुरस्कृत गर्ने बताए ।
आयोजकले सहभागीहरुलाई परिचय, प्रश्न उत्तरको माध्यमबाट छ्नौट गरिनेछ ।

शनिबार दुहबी जेसिजको भबनमा गरिएको पत्रकार सम्मेलनमा मिसेज तिज २०८० कार्यक्रमका लागि ६ लाख खर्च हुने र यसकालागि दुहबी नगरपालिकाको कार्यालय र स्थानीय संघ संस्था लगायतको सहयोगमा खर्च जुटाइने बताइएको छ ।

कार्यक्रम दुहबी जेसिसका पुर्व अध्यक्ष शुभष भट्टराई ,मनिस रौनियार बिमला कार्की ,कन्चन झा लगायतको उपस्थित रहेको थियोे ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved