अस्ताए नेम्बाङ

  • भदौ २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ सदाका लागि अस्ताएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका नेम्बाङको हृदयघातका कारण मंगलबार विहान मृत्यु भएको हो ।

उनलाई विहान साढे १ बजे नै हृदयघात भएको थियो । बालुवाटार निवासै हृदयघात भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । उनको उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो । अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

नेम्बाङले नेपालको राजनीतिमा ठूलो र महत्वपूर्ण भूमिका खेलेका थिए । इलाम जिल्लाको सुन्तलाबारीमा वि.सं. २००९ साल फागुन २८ गते जन्मिएका नेम्वाङले विद्यार्थी कालदेखि नै वामपन्थी राजनीतिमा लागेका थिए । नेपालको राजनीतिमा उनको योगदान महत्वपूर्ण रहेको छ ।

वि.सं. २०४८ र २०५२ सालमा पटक राष्ट्रिय सभा बनेका नेम्वाङ पटक पटक इलामबाट निर्वाचित भएका थिए । राजनीतिमा लोकप्रियता बढेकै कारण नेम्बाङले २०५६ सालको निर्वाचन, २०६४ सालको संविधानसभा निर्वाचन र २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम– २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।

उनी कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भइसकेका छन् । २०७४ सालकोे संसदीय निर्वाचनमा एमाले– माओवादी गठबन्धनबाट इलाम २ बाटै निर्वाचित भएका थिए ।

गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भने पराजित गरेका थिए । कानूनमा स्नातक गरेका नेम्वाङ शुरुका दिनमा कानन व्यवसाय समेत सञ्चालन गरेका थिए । उहाँले पायोनियर ल एसोसिएट्स समेत चलाउनु भएको थियो । त्यसबेला उहाँका अन्य सहयोगीमा भरतराज उप्रेति, वैधनाथ उपाध्याय रहनु भएको थियो ।

वि.सं. नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बनेका थिए । नेम्बाङलाई २०३३ सालमा राजकाज मुद्दा समेत लागेको थियो । त्यसबेला उनलाई राज्य सत्ताले जेल समेत हालेका थिए । त्यसबेला उनी तत्कालीन नेकपा मालेमा थिए ।

२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष थिए ।

‘राष्ट्रले होनेहार नेता गुमायो’

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको मृत्युप्रति सबैले दुःख व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओलीले नेम्बाङको निधनप्रति दु ः ख व्यक्त गर्दै एमालेको उपाध्यक्षमात्र हैन सुख दुःखको साथी गुमाएको बताएका छन् ।

निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताएका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी लगातका शीर्ष व्यक्तित्वहरुले नेम्बाङको निधनले नेपालको राजनीतिमा ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved