उपमेयरका भाई काण्ड : पिडितको आर्थिक अभावले उपचारमा समस्या

  • भदौ ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानका उपमेयर आइन्द्र विक्रम बेघाका भाइ संलग्न घटनाका पिडित पक्ष न्याय नपाइने हो की भनेर चिन्तित बनेका छन् ।

उपमेयरका भाई विष्णु वेघा सहितको समूहको आक्रमणबाट सख्त घाइते सन्देश राईको परिवारले न्यायका लागी हार गुहार गरिरहेको छ ।

उपचारमा आर्थिक अभाव झेलिरहेकी आमालाई छोरो राम्रोसँग ठिकै नभई चिकित्सकले घर लानु भनेपछि उपचारसँगै न्याय पनि नपाईने हो की भनेर चिन्तित छिन् ।

धरान १५ स्थित भानुमार्गमा सन्देश राई मंगलबार गेम खेलेर वसिरहेका थिए । पानि परिहरेको थियो ।

सोहीबेला उपमेयरका भाई विष्णु वेघा सहितको समुह हातहतियार सहित हो–हल्ला गर्दै आए ।

विष्णु सहितको समुह हतियार सहित आएपछि उनि भाग्न खोजे तर अलि अगाडी पुगे पछि उनि लडे । उनि लडेपछि उपमेयरका भाई विष्ण्ुाले उनलाई खुकुरी प्रहार गरेको पीडित सन्देश राईले बताए ।

सन्देश माथि भानुमार्गमा आक्रमण भएको थियो भने उपमेयरको घर सुसन रोडमा रहेको छ ।

दुइमहिना अघि मात्र वैदेशिक रोजगारवाट फर्किएका राईको हातमा र पछाडि कम्मर भन्दा माथि ढाड गहिरो चोट लाग्यो ।

उनी वेहोस भए । शल्यक्रिया पछि एक दिन सघन उपचार कक्षमा राखेर उपचार पश्चात अहिले उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शल्यक्रिया विभागको वार्डमा राखेर उपचार भइरहेको छ । उनी अहिले वोल्ने सक्ने अवस्थामा भए पनि उनको अवस्था खतरा मुक्त भने छैन ।

कोहीसँग झगडा नगर्ने र कुनै अपराधिक रेकर्ड समेत नभएका उनीमाथि आक्रमण भएपछि उनको परिवारमा वज्रपात प¥यो ।

सामुदायिक बनमा हेरालुकोे काम गर्दै आएकी आमा विमालाई अहिले छोराको उपचारमा समस्या भएको छ । आर्थिक अवस्था कमजोर उनकी आमाले आफ्नो छोराको उपचार सहयोग गर्न हार गुहार गरिरहेकी छन् । उपचारमा समस्या सँगै उनलाई अहिले न्याय पाउने आशा समेत मरिसकेको उनी बताउँछिन्

उनले उपचार सहयोग गरेको भने पनि अहिले सम्म पिडित परिवारले कुनै सहयोग पाएका छैनन । घट्ना घटेको दिन आकस्मिक कक्षमा उपमेयर आफै गएपनि त्यसपछिका दिनमा उपचारमा रहेका सन्देशका परिवारलाई भेट्न सम्म नगएको आरोप आमा वीमाको छ ।

उपमेयर बेघाले कान्छा भाई अलिकति उछृंखल भएको बताउदै आउँदा भाई बिष्णु वेघाको प्रहरी रेकर्ड समेत राम्रो छैन ।

उनी २०७६ सालमा सुजन भुजेल (वादीसहित) ले दिएको उजुरीका आधारमा ज्यान मार्ने उद्योगमा संलग्न विष्णुले ५ हजार जरिवानासहित ६ महिना कैद सजाय भुक्तान गरेका थिए भने २०७७ सालमा प्रकाश मगरको उजुरीमा विष्णुविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो ।

पछिल्लो घटनाबाट गम्भीर घाइते भएका धरान १५ सुर्य मार्गका सन्देश राईकी आमा विमा राईले २५ बर्षीय विष्णु बेघासहित ५ जना विरुद्ध ज्यानमार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिईन

भने उपमेयरको परिवारकोतर्फबाट उपमेयरका भाई बुद्धिमान बेघाले पनि घटनामा गम्भीर घाइते भई वीपी प्रतिष्ठानमा उपचारको क्रममा रहेको धरान १५ सुर्य मार्गका सन्देश राईसहित ११ जना युवाहरुविरुद्ध अपराधिक उपद्रवको किटानी जाहेरी दिएका छन् ।
घट्नाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक प्रवक्ता नविन कृष्ण भण्डारीले बताएका छ्न् ।

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved