दुहवीमा छैठौं श्री गणेश चतुर्थी महोत्सव हुने

  • असोज २, २०८०
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार

दुहबी/  सुनसरीको दुहवीमा छैठौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ ।

दुहवी नगरपालिका वडा नं. ५ स्थित एभरेष्ट बैंक छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि असोज २ गते देखि ४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रंजित गोश्वामीले जानकारी दिएका छन ।

दुहबी नगरपालिका वडा नं. ५ मा विगत वर्ष झै मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पुजा समिति दुहवीका समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

गणेश पुजा समितिका संस्थापक राकेश मुन्धडाले असोज २ गते मङलवारका दिन पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने साथै दुइ दिन सम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने बताए ।

मुन्धडाले महोत्सवमा आकर्षकको रुपमा १ सय १ केजीको लड्डु र भारतको कोलकताकी नेहा सिंह राजपुत साथै बिहार कटिहारका धिरज सिंह राजपुत र नेपालका तिन कलाकार गरी पाच जना ख्याती प्राप्त कलाकारहरुबाट कला प्रस्तुत गर्ने बताए ।

दुहवीमा पाचौं पटक आयोजना हुन गईहरेको महोत्सवमा आयोजकले ५ देखि १० हजार भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ ।

महोत्सवलाई सफल गराउन महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नका लागि राकेश मुन्दडा, आयुश अग्रवाल, मोनु कुमार साह, रितेश साह, सुरज शाह, अभिषेक शाह, रञ्जित गोस्वामी लगायत करिब १ सय ५० जना युवा स्वयमसेवकहरुले परिचालन गरिएको छ ।

श्री गणेश चतुर्थी महोत्सव असोज ४ गते बिहिवारका दिन दुहवी नगर परिक्रमा गरेर दुहवीको बुढीखोलामा मुर्ती विर्सजन हुने आयोजकले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved