‘बुबाको सपना पूरा गर्नसके मात्र श्रद्धाञ्जली हुनेछ’

  • असोज ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले बुुबाको सपना पूरा गर्ने सकेमात्र उहाँ प्रती श्रदाञ्जली हुने बताए ।

इलाममा आयोजित श्रद्धाञ्जली सभामा सुहाङले समृद्ध नेपाल निर्माण नै बुबाको सपना भएको र बुबाको सपना पुरा गर्न आफू लाग्ने बताएका हुन ।

‘संविधानबाट सञ्चालित विधिको शासनको परिकल्पना भएको र मानवअधिकार, सामाजिक सुनिश्चिता भएको समृद्ध नेपाल बुबाको सपना थियो,’ उनले भने, ‘यो सपना पूरा गर्नसके मात्र उहाँप्रतिको श्रद्धाञ्जली पूरा हुनेछ ।’

कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू सबैसँग हातेमालो गर्न तयार रहेको पनि बताए ।

सुहाङले आफू राजनीतिमा सक्रिय नभएको र अवसर पनि राजनीतिक परिवारमा जन्मेको मान्छेलाई नै दिनुपर्छ भन्नेमा आफू नरहेको भन्दै ‘म राजनीतिमा सक्रिय छैन

तर, म बुबासँग हुर्किएको हो, राजनीतिक परिवारमा हुर्केको हो तर राजनीतिक परिवारमा जन्मियो भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिनँ,’ सुहाङले भने, राजनीतिक जिम्मेवारी नहुँदानहुँदै पनि बुबाको सपना,

बुबाले छाड्नुभएका अधुरा काम पूरा गर्र्नुपर्ने कार्यमा म सामजिक र कानुुनी हिसाबले अघि बढ्छु, त्यसैले हजुरहरूसँग हातेमालो गरेर अघि बढौं भन्न चाहन्छु ।’

सुवास नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य थिए ।

उनको निधनले यो क्षेत्र जनप्रतिनिधि विहीन भएको छ । संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन हुनेछ ।

इलाम सदरमुकामको चोक बजारस्थित लाँकुरी चौतारीमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, पुर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, नेकपा एमालेका सचिव रघुविर महासेठ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दहाल लिम्बु, नेपाली कांग्रेस इलामका पुर्व सभापति हिमालय कर्माचार्य,

नेकपा माओवादी केन्द्रका कान्छा लावती, नेकपा एकिकृत समाजवादीका इलामका अध्यक्ष भक्त केसी लगायतका वक्ताहरुले स्वर्गीय नेम्बाङको योगदान बारे चर्चा गरेका थिए । प्रदेश स्तरीय श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved