सियोनको अभिभावक दिवसमा विविध कार्यक्रम

  • चैत २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान–१६ स्थित सियोन स्कुलले अभिभावक दिवसको अवसर पारेर दीक्षान्त समारोह र विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेका छन् ।
२०६२ सालदेखि धरान–१६ जोरसखुवामा सञ्चालनमा आएको स्कुलको अभिभावक दिवसमा बाक्लो उपस्थिति रहेको थियो ।

339787203_2906264409505379_2067427210936446341_n

 

कार्यक्रममा बोल्दै सियोन स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्गबहादुर थापा मगरले सियोन स्कुलले यस वर्ष झनै उल्लेखनीय प्रगति गरेको बताए । यस वर्षको नतिजा विगतको भन्दा राम्रा भएकोले स्कुलले प्रगति गरेको दाबी गरे ।

प्रिन्सिपल, डाइरेक्टर थापा मगरले विद्यार्थीहरुलाई मानसिक, शारीरिक स्वास्थ्यमा ख्याल गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न यो स्कुल विगतदेखि नै प्रयासरत रहेको बताए ।
उनले अनुभवी शिक्षक शिक्षकाका कारण यो विद्यालयले दिनप्रतिदिन प्रगति गदै आएको बताउँदै कार्यरत शिक्षक तथा शिक्षिकाको भूमिकाप्रति प्रंंशसा गरे ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका डिआइजी अञ्जनी पोख्रेलले बालबालिकाहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकलापको पनि खाँचो भएकोले विद्यालयले त्यसतर्फ पनि जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले बालबालिकाहरुको ग्रेडमा मात्रै ध्यान नदिएर क्षमता, रुचि र प्यासनमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गरे । पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि यो विद्यालयका विद्यार्थी अगाडि रहेको भन्दै प्रशंसा समेत गरे ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खगेन्द्र सुवेदीले सियोन स्कुलले दिइरहेको गुणस्तरीय शिक्षाको खुलेर प्रशंसा गरे । उनले सियोन स्कूल अध्ययन गर्ने विद्यार्थीहरुका लागि वातावरण राम्रो भएको बताउदै पढाउने शिक्षक समेत अनुभवी रहेको पाइएको बताए ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा मास्टर डिग्री, धेरै अनुभवी सहायक प्रिन्सिपल राकेश चौधरी, मोष्ट पंचुअल तथा प्लस टु कोअर्डिनेटर अनुप अग्रवाल, क्रियटिभ शिक्षकमा संगीता राई, फ्रेण्डली शिक्षकमा सिर्जना लिम्बू, हार्डवर्किङ शिक्षकमा समिर शाक्य, वेष्ट पर्सनालिटी शिक्षकमा शिव मगर, शिक्षिका पायना राई, मोष्ट रेस्पोन्सिबल शिक्षकमा दिनेश दर्नाल, मोष्ट इन्स्पायरिङ शिक्षकमा सुरज राई, मोष्ट अनुभवी विथ ब्याचलर डिग्री शिक्षकमा प्रकाश तामाङ, मोष्ट डिसिप्लिन शिक्षिकामा ज्योति राई, मोष्ट डयुटीफूल शिक्षिकामा सानुमाया मगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ब्रदर्स मोहन श्रेष्ठ र हजिन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा टपर, लेवल वाइज टपर छात्रछात्रालाई पनि सम्मान र पुरस्कृत गरिएको थियो । सियोन सिंगीङ स्टार घोषित वर्षेनी आयोजना हुँदै आएको ‘सियोन सिङ्गीङ स्टार’ घोषणा गरिएको थियो ।

अभिभावकको उपस्थितिमा सो कार्यक्रमको घोषणा गरिएको थियो । कार्यक्रममा सोहन श्रेष्ठ सिङ्गीङ स्टार बने । उनलाई नगद ३ हजारसहित सम्मान गरिएको थियो । यस्तै, फस्ट रनरअप बनेकी आश्विन श्रेष्ठलाई नगद दुई हजार र सेकेण्ड रनरअप बन्ने रिसभ कुँवरलाई नगद १५ सयसहित सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सहायक प्रिन्सिपल राकेश चौधरीलगायतले उनीहरुलाई सम्मान र नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाली विभागका शिक्षक सरोज राईले गरेका थिए । कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, कविता पस्किएका थिए ।

कार्यक्रममा एसकेजीका ३२ विद्यार्थी दीक्षित समेत भएका थिए । विद्यार्थीलाई शैक्षिक, व्यावहारिक र असल चरित्र सिकाउँदै आएको सियोन स्कुलमा हाल प्लस टुतर्फ विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञान, होटल म्यानेजमेण्टको पठनपाठन हुँदै आएको छ । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा–१२ सम्म पठनपाठन हुँदै आएको छ ।

 

338744276_584960490248194_7036778646702410844_n 340353395_2389939801156636_2904432673645880035_n 340181878_104385299298405_1758625605842043016_n 340119192_3371368146526499_4205151563239031368_n 338819391_139014812470479_5473690668510405882_n

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved