धरान/ धरान उपमहानगरपालिका वडा नंं १५ ले टोल विकास संस्थाहरुलाई प्रशिक्षण दिएको छ । शनिवार बाँझगरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा प्रशिक्षण दिइएको हो ।
स्थानीय तहको सबै भन्दा तल्लो निकाय टोल विकास संस्था वडाको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकारले दिने सेवा सुविधा जनतासम्म पु¥याउन टोल विकास संस्थाले खेल्नुपर्ने भूमिकाबारे अवगत गराउन प्रशिक्षण कार्यक्रम गरिएको वडाध्यक्ष नरेशकुमार इवारामले जानकारी दिए ।
प्रशिक्षणको सहजीकरण धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले गरेका थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, वडा सदस्य रंगलाल गिरी, रचना नेपाली, वडा सचिव नारायण राई, भूपाल निरौलालगायतको सहभागीता रहेको थियो ।
प्रशिक्षणमा वडामा रहेका ३९ वडा टोल विकास संस्थाहरुका अध्यक्ष र सचिवर्को सहभागिता रहेको थियो ।
कार्यक्रममा वडामा उत्कृष्ट काम गर्ने टोल विकास संस्थाहरु छनौट गरि सम्मान समेत गरिएको कार्यक्रमकी फोकल परसन दीपिका कार्कीले जानकारी दिइन ।
सो अवसरमा प्रथम दसरथ टोल विकास संस्था, दोस्रो विशाल चोक टोल विकास संस्था, तेस्रो तुलसी गोविन्द टोल विकास संस्थालाई छानिएको थियो । उनीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।