‘विद्यार्थीका सोधपत्र अनुसन्धानत्मक, प्रभावकारी र खोजमुलुक हुनुपर्ने

  • चैत्र २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / विद्यार्थीहरुको शोधपत्रलाई अझ प्रभाकारी बनाउन क्याम्पसले विद्यार्थी, इन्जिनियरका विज्ञ, त्रिवी अन्तर्गको इन्जिनियर अध्ययन संस्थाका पदाधिकारीहरु सम्मिलित कन्फ्रेसको आयोजना गरिएको छ ।

२०३४ सालमा त्रिवी अन्तर्गको इन्जनियरिङ अध्ययन संस्थाको अांंगिक कलेजको रुपमा स्थापना भएको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजले यहाँबाट विभिन्न शंकायका लाखौ विद्यार्थी उत्पादन गरिसकेको छ। स्नाकोत्तर पढ्ने विद्यार्थीहरुको सोधपत्र अनुसन्धानत्मक, खोजमुलक र प्रभावकारी बनाउनकै लागि कलेजले समय समयमा यस्ता कन्फ्रेन्सको आयोजना गर्ने गरेको छ ।

त्रिवीको अन्तर्गतको इन्जिनिरिङ अध्ययन सँस्थान अन्तर्गको पूर्वाञ्चलका धरानमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसले इन्जिनिर सेक्टरमा स्नातकोत्तरमा अध्ययन विद्यार्थीहरुले तयार पार्ने सोत्रपत्रलाई प्रभावकारी, अनुसन्धानात्मक, खोजमुलक व्यवहारिक बनाउन सम्बन्धित पक्ष सम्मिलित कन्फ्रेन्सको आयोजना गरिएको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका क्याम्पस प्रमुख ओम प्रकाश ढकालले बताए ।

उनले भने सोधपत्र खाली सोधपत्र तयार पार्नेमात्र हैन तयार पारिएको सोधपत्रले सबैलाई ज्ञान प्रदान गरोस् भन्ने नै हो ।’यो क्याम्पसका इलेट्रिकल, आर्किटेक्चर, एग्रीकल्चर, मेकानिकल, इलेक्«टोनिक एण्ड एन्फरमेशन, सिलिभ इन्जियिनर, कम्प्युर इन्जिनियर शंकायमा अध्यापन गराइने गरिएको छ ।

पूर्वाञ्चलमा एक मात्र इन्जिनियर कलेजबाट उत्पादन भएका विद्यार्थीहरु देशको गहना भएको बताउदै कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले यहाँँ सिकेका कुराहरुलाई अरुलाई पनि सिकाउदै देश बनाउने कुरामा यही शिक्षाले राजनीतिक दलललाई पनि सिकाउने छ भन्ने आफूलाई लागेको बताए ।

उनले कलेजको भौतिक पूर्वाधारको स्नरोन्नति आवश्यक भएको बताए । उनल भने  कोशी प्रदेशमा रहेको यो कलेज एउटा इन्जिनियरिङ अध्ययन सँस्थानको एउटा हिस्सा हो, यसले पूर्वबाट धेरै इन्जिनियर उत्पादन गर्न सहयोग पु¥याएको छ, यसको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्छ ।

कार्यक्रममा सल्लाहकार एवम् इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन शुशिलबहादुर बज्राचार्यले यो कलेजको स्नाकोत्तर अध्ययनरत विद्यार्थीहरुको १३ औं ग्राजुयड कन्फ्रेन्स रहेको बताए । धरानमा यो संगै दुई पटक कन्फ्रेन्स भएको बताए ।

उनले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका कलेजमा प्रत्येक बर्ष यस्ता कन्फ्रेन्स गर्दै आएको बताउदै यो कन्फ्रेन्स बर्षको दुई पटक गर्ने गरिएको बताए । यस्ता कन्फ्रेन्सले शिक्षक, विद्यार्थीको बौद्धिक क्षमता बढ्ने उनको धारणा थयो । उनले समयसँगे यो अहिले अनलाइनमार्फत हुने भएकोले संसारको जुनसुकै कुनाबाट हेर्न र यस सम्बन्धी बुझ्न सकिने बताए ।

कन्फ्रेन्स दुई दिनसम्म चलेको थियो । विद्यार्थीहरुले पढेका विषयमा अनुसन्धात्मक, खोजमुलक र प्रभावकारी शोधपत्र तयार गर्ने उद्देश्यले बर्षमा दुई पटक इन्जिनियरिङ अध्ययन संस्थानसँग आवद्ध रहेका कले्जहरुमा गरिदै आएको छ

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved