कोकाहाको प्रोजेक्टलाई सहयोग जुट्दै "मेयर साम्पाङको अभियान"

  • चैत २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले दीर्घकालीन खानेपानी अभावलाई समाधान गर्न सुनसरीको धरान उपमहानगरपालिका २० मा पर्ने कोकाहाबाट पानी ल्याउने अभियान सञ्चालन गरेसँगै सहयोगी हातहरु बढ्न थालेका छन् ।

कोकाहाबाट पानी ल्याउने अभियान अन्तर्गत शनिवार कन्सर्ट गरेर सहयोग जुटाएका साम्पाङलाई अहिले देश तथा विदेशबाट सहयोगहरु आउन थालेका छन् ।
धरानको खानेपानी समस्यालाई नजिकबाट नियालिरहेकाहरुले यो अभियानमा सहयोग जुटाएका हुन् । धरानलाई श्रम सँस्कृतिको शुरुवात गरेका गोरखाली सेनाले साम्पाङको अभियानलाई साथ दिँदै सहयोग रकम हस्तान्तरण गरेका छन् ।

विगतमा धरानमा बसेर धरानको विकासमा हातेमालो गर्दै आएका सिंगापुरे लाहुरेहरुले पछिल्लो समय कोकाबाट खानेपानी ल्याउने अभियानलाई सार्थक बनाउन सहयोग जुटाएका छन् ।

सिंगापुर एक्स गोर्खा फाउण्डेशनको पहलमा ९ लाख ३२ हजार ९ सय बराबरको पाइप सहयोग गरेका छन् । उनीहरुले आइतबार धरान १९ जिमी चौकमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम बराबरको पाइप खरिद गरेको बिल भौचर नगरप्रमुख साम्पाङलाई हस्तान्तरण गरेका हुन् ।

सिंगापुरको गोर्खा कन्टिजेन्टको ७४ औं स्थापना दिवसको अवसर पारेर साम्पाङको प्रोजेक्टलाई सहयोग गरिएको फाउन्डेशनका अध्यक्ष वीरेन्द्र लिम्बुले बताए ।
उनले भने–‘गोर्खा कन्टिजेन्टको दिवसको अवसर पारेर हामीले धरानको विकराल समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि सहयोग गरेका हौं,

मेयर साम्पाङ खानेपानी समस्या समाधानमा निर्वाचित भएदेखि लागेको हामीले पाएका छौं, हामीले प्रदान गरेको रकमबाट करिब करिब १ सय ३१ वटा पाइप खरिद गर्न पुग्छ, राम्रो कामलाई हामीले सपोर्ट गरेका हौं ।’

हस्तान्तरपछि बोल्दै मेयर साम्पाङले उपमहानगरपालिकाले चलाएको खानेपानी अभियान अन्तर्गत पाइपसँगै बिल भौचर हस्तान्तरण गरेकोमा धन्यवाद दिए । उनले सहयोग सबैतिरबाट जुटिरहँदा आफूलाई भाग्यमानी ठानेको बताए ।

उनले भने–‘मैले निर्वाचित भएपछि खानेपानी अभियानलाई अगाडि बढाएँ, अभियान सञ्चालन भएपछि मलाई सहयोगमात्र प्राप्त भएको छ, मैले पूर्व जन्ममा राम्रै काम गरेको हुनुपर्छ ।’
उनले सेवानिवृत्त भएर पनि सामाजिक कार्यमा जुटेको प्रति भूपू लाहुरेप्रति आभार व्यक्त गरे । उनले निर्वाचित भएदेखि नै खानेपानीका लागि अहोरात्र खटेकै कारण अहिले आफूले प्रयास गरेको कामलाई सहयोग जुट्न्े काम निरन्तर बढ्दै गएको बताए । सो अवसरमो गोर्खा कन्टिजेन्टको ७४ औं स्थापना दिवसका अवसरमा केक समेत काटिएको थियो ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved