संघीय सरकारलाई धरानले बुझायो ज्ञापनपत्र पहिलाे प्राथमिकता खानेपानीको योजना

  • चैत्र २३, २०७९
  • स्नेहा श्रेष्ठ
alt मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघा पत्रकार समेलनमा बाेल्दै

विजयपुर/ आगमीआर्थिक वर्षमा २०८०/ ८१ को बजेटमा धरानको समग्र समस्याको समाधान गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाले संघीय सरकारलाई योजना विवरण सहितको ज्ञानपत्र बुझाएको पत्रकार समेलन गरी उल्लेख गरेका छन् ।

उनीहरुले खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा याताया मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ऊर्जा, जलस्रो्त तथा सिँचाई मन्त्रालयमा पुगेर धरानमा भएका समस्याको विषयमा आगामी बजेटमा समावेश गर्न पहल गरेका छन् ।

काठमाण्डौबाट फर्किएपछि मेयरकै कार्यकक्षमा बिहीबार पत्रकार सम्मेलन गरी मेयर हर्क साम्पाङले करिब १ सय वटा समस्याका विषयमा बुदागत रुपमा सम्बन्धित मन्त्रालयलाई धरानको विकास योजना कार्यक्रमलाई समावेश गर्न आग्रह गरिएको बताए ।

उनले १ सय वटा बुँदागत रुपमा सम्बन्धित मन्त्रालयमा योजना प्रस्ताव, बुझाउको त्यसमा पनि खानेपानीलाई बढी प्राथमिकताका साथ अगाड सारेका छौंउनले धरानको खानेपानी समस्या समाधानका लागि मेयरमा निर्वाचित भएपछि धेरै काम गरे पनि दीर्घकालीन समस्या समाधान गर्न नसकेको बताउदै खानेपानी मन्त्राललाई धरानको दीर्घकालीन खानेपानी समस्या समाधानको योजनाका विषयमा जानकारी गराइएको बताए । 

मन्त्रालयका दिएको दीर्घकालीन योजनामा पहिलो वुँदामा सप्तकोशी नदीबाट धरानमा खानेपानी ल्याउने योजना, धरान २० बनियाटारमा जलाशय निर्माण, विद्यमान खानेपानी संरचना सुधार (पम्प तथा मोटर खरिद), धरान ४ मा रहेको खाँकरडाडाबाट खानेपानी मर्मत तथा ट्यांकी निर्माण, धरान ४ को देवीथानबाट पम्पिङ खानेपानी आयोजना गर्ने आदिको विषयमा योजना माग गरेको बताएका छन् । 

सबैभन्दा समस्याको रुपमा रहेको ल्याण्डपिल साइड, भानुचौकमा रहेको शौचालयको पुन  निर्माणका विषयलाई चालु आर्थिक बर्षको बजेटमा पार्न मन्त्रीलाई आग्रह गरेको बताए ।

यस्तै सहरी विकास मन्त्रालयमा पुगेर धरानको नाटटकघर (थिएटर हल)  धरानको सभागृह मर्मत , राष्ट्रिय विभूति पार्क निर्माण, धरान १७ मो साँस्कृतिक पार्क निर्माण, सडक मानव आश्रय भवन निर्माण तथा पुस्र्थापना केन्द्र, धरान १३ मा साइन्स सिटी पार्क निर्माण, धरान २० मा टाँसी छयोलिंग बौद्ध गुम्बा निर्माण, धरान २० मा दलित संग्राहालय, धरान ११ मा सुनौलो नगरकोट वहुउद्देश्यीय कर्म हल, जे्ष्ठ नागरिक पार्क र जिम हल निर्माणका विषयलाई समेत चालु आर्थिक बर्षको संघीय बजेटमा पेश गर्न माग गरेको उनले बताए ।

अगिला समयमा चुनावको प्रचार प्रशारको पहिलाे एजेन्डामा खानेपानिको समस्या राखे पनि काम भने नहुँदा धरानको मुख्य समस्या हल नहुँदा धरानलाई पानी खुवाउने पानीको सममस्या नै हल गर्ने आफु आएको समेत बताए । उनको चुनावी प्रचारप्रसार पहिलाे वुँदा नै खाने पानीको भएकाले उनले धरानमा पानीको समस्या हल गर्ने विभिन्न चुनौतिको सामना गर्दै श्रमदान अभियान सुरुवात गरेर पानीको सहज बनाएको तर दीर्घकालीन रुपमा नहुने भएकाले खानेपानी शिक्षा,सडक् संस्कृति धार्मिक पर्यटन र भौतिक पुर्वधार तथा यातायात बारेमा विस्तृत जानकारी गराएको बताएका छन् ।

साम्पाङले धरान १६ मा बहुभाषिक, पाठशाला निर्माण, आविस्कार केन्द्रको स्थापन, धरान १३ को फुस्रेमा रहेको जनता पुस्तकालयको पुनः निर्माण, धरान १५ को जनता आधारभूत विद्यालयजनता सा‌‌ँस्कृतिक, पर्यटन तथा प्रविधि मन्त्रालय पुगेर हेलिप्याड निर्माण, धरान १३ र २० मा रहेको श्रम संस्कृति पदमार्गको योजना र कला, साहित्य, संगीतको प्रवद्र्धनात्मक कार्यक्रम राखेको बताए । उनले भने : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर तालिम केन्द्र भवन निर्माण, केन्द्रको स्थापना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर सर्दुपुल–चिण्डेडाँडा–विष्णुपादुका भन्ज्या सडक निर्माण, धरान ११ को विष्णृुचौक–सर्दु पुल सडक निर्माणलगायत अन्य ३२ बुँदाका योजनाहरु समेत समेटर योजना माग गरिएको मेयर साम्पाङले बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित अशोक राई मन्त्री बनेका कारण उनले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दिएको साम्पाङले बताए ।

यसैगरी मेयरको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा धरान २० मा विशेष औद्योगिक क्षेत्र स्थापना, सावुन फ्याक्ट्री निर्माण, बेसार फेक्ट्री तथा व्यवस्थापन कपास खेति, प्रशोधन र कपडा उद्योग निर्माणका विषयमा आगामी बजेटमा प्राथमिकतामा राखिदिन आग्रह गर्दै योजना प्रस्तुत गरिएको थियो मेयरको टोली वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र गृह मन्त्रालयमा पुगेर समसमयिक विषयलाई बजेटमा समेट्न आग्रह गरिएको मेयर साम्पाङले जानकारी दिए ।मेयर साम्पाङको टोली चैत्र २० गते काठमाण्डौ पुगेका थिए । चैत्र २२ गते धरान फर्किएका छन ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved