नयाँवर्षमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव हुने कान्छी औँलाले सजिलै हल्लाउन सकिने ढुङ्गा

  • चैत्र २४, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम /  इलामको पश्चिमी क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिकामा नयाँवर्षको अवसरमा कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको माङमालुङमा महोत्सवको आयोजना गरिएको हो ।

माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ र ६ मा पर्ने माङमालुङको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समितिका सचिव कमल कार्कीले जानकारी दिए । वैशाख १ र २ गते हुने महोत्सवमा पालिकाभित्रका कृषि सामाग्रीको विक्री वितरण र प्रदर्शन हुनेछन ।

महोत्सवले यहाँ उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पु¥याउनका लागि सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले राखेको छ । एक लाख ५० हजार भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको दुई दिने महोत्सवबाट यहाँका पर्यटकीय क्षेत्रका प्रचार प्रसार गरी विश्वमा चिनाउने लक्ष्य राखिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न जात जातिको संस्कृती झल्किने नाचहरुको प्रस्तुति रहने छ ।
माङमालुङ क्षेत्रमा पर्ने स्थानीयवासीको आयआर्जनको मुख्य बाटो कृषि हो ।

यसका साथै पछिल्लो चरण वैदेशिक रोजगारमा जाने र यसैमा आश्रित हुनेको संख्या पनि बढ्दो छ । कृषितर्फ अलैंची, कूचो, अदुवा, चिया, स्कुस लगायत खाद्यान्न बाली मकै, आलु मुख्य हुन् ।

व्यापारीक हिसाबले चिसोपानी पञ्चमी बजार पाँचथरको दक्षिणी र इलामको दक्षिण पश्चिमी क्षेत्रका लागि केन्द्र मान्न सकिने भएकाले महोत्सवको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष किरण कुमार राईले जानकारी दिए ।

कसरी पुग्ने माङमालुङ

माङमालुङ पुग्न इलाम जिल्ला सदरमुकादेखि पैदल हिँडे एक दिन लाग्न सक्छ । सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँके, घुर्पिसे पञ्चमी, रवी हुँदै र अर्को बाटो इलामकै मंगलबारे, गजुरमुखी, इभाङ हुँदै गाडीबाट पनि पुग्न सकिन्छ ।

झापाको दमकदेखि गाडी चढे रतुवा खोलको किनारैकिनार त्यसपछि माङसेबुङ भएर तीन घण्डामा माङमालुङ पुग्न सकिन्छ ।
पैदल यात्रुले दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगे, टोड्के कुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ ।

इलाम सदरमुकामदेखि पश्चिममा अवस्थित माङमालुङ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाईमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

माङमालुङको छुटै मौलिक पहिचान र चिनारी रहेको छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको एक पवित्र धार्मिक क्षेत्र मानिन्छ । यहाँ उधौली र उभौलीमा गरी वर्षामा दुई पटक पूजापाठ हुने गरेको छ ।

विशेष गरी किरात धर्मावलम्बीहरुको उपस्थिति रहने गरेको भए पनि यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरु आउने गरेका छन् । सबै प्रकारका धर्मावलम्बीहरुका लागि माङमालुङ आस्थाको केन्द्रविन्दु बन्न पुगेको छ । यहाँका मठमन्दिरमा बली पूजा गर्न दिने प्रचलन छ ।

कान्छी औंलाले सजिलै हल्लाउन सकिने ढुङ्गा

यहाँ जो कोही पनि अनौठो ढुङ्गाको रहस्यमा परेर फर्कन्छन् । यहाँका आगन्तुकहरु सो ढुङ्गा नहेरी फर्कदैंनन् । यो ढुङ्गाको छुट्टै आकर्षण छ । त्यस ढुङ्गालाई चक्रशिला भनिएको छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई एक औंलाले सजिलै हल्लाउन सकिन्छ तर त्यहाँबाट हटाउन भने सकिदैंन ।

यहाँ यसका साथै विभिन्न आकृतिका ढुङ्गा देख्न पाईन्छ । यी शिला पत्थरमा पनि विभिन्न आकृति प्राकृतिक रुपमा कुँदिएका छन् ।

यसकारण यो ठाउँलाई प्राकृतिक शिलाहरुको अत्भसत स्थल नै भन्ने गरिएको छ । माङमालुङमा औपचारिक पूजा गर्न थालिएको साढे तीन दशक जति भएको पाईन्छ । यसको उत्पति भने तीन सय वर्ष अघि भएको अनुमान स्थानीय बासिन्दाको छ ।

माङमालुङ प्राकृतिक सौन्दयले भरिपूर्ण क्षेत्र हो । यहाँ विभिन्न प्रजातीका वनस्पति, बोटविरुवा, जीवजन्तु, चराचुरुङ्गी, रंगीचंगीहरु नजिकबाट नियाल्न सकिन्छ । यहाँका गुराँसेडाँडा (रमिते), ढेङ्गुरे, तीनथुम्की र हस्टेडाँडालगायतका क्षेत्र सर्योदय र सर्यास्त दृश्यावलोकनका लागि समेत उपयुक्त क्षेत्र हुन् ।

यहाँबाट हिमश्रृङ्खलादेखि तराईका विभिन्न क्षेत्रको नजर गर्न सकिन्छ । वनभोजका लागि उपयुक्त स्थल समेत उपलब्ध छ । यसका साथै माङमालुङ चिया बगानले यस क्षेत्रमा आउनृ आगन्तुकलाई लोभ्याउने गर्छ ।

माङमालुङले धार्मिक पर्यटकीय ठाउँको पहिचान पाउनुमा यस क्षेत्रको धर्मावलम्बीहरुको महत्वपूर्ण स्थान छ । यस क्षेत्रका विभिन्न धर्म तथा सम्प्रादयका गुरुहरुको बाहुल्यता छ । फाल्गुनन्द, ज्योतिनन्ददेखि आत्मनन्द र सचितानन्द लगायत जोसमानी सम्प्रदायका गुरुहरु यस क्षेत्रमा अधिक छन् ।

योसँगै साना साना समूहमा रहेका अन्य धर्मावलम्बीहरुको संख्या पनि कम छैन । माङमालुङ आसपासमा राई र लिम्बू जातिहरुको बाहुल्य छ भने बाहुन, क्षेत्री, मगर, दलित समुदायलगायत विविध जातिको बसोबास छ । जातीय विविधताअनुसार भाषिक, धार्मिक तथा साँस्कृतिक बाहुल्यता रहिआएको छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved