सांसद डा.सुनिल शर्मादुरा विपन्न परिवारका बिरामी निःशुल्क उपचार

  • चैत २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोल निवासि बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विश्वकमाको आर्थीक अबस्था कमजोर भएकि विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका छन ।

मुटुरोगले सताएकि बाटुलि उपचार गर्ने पैसा जुटाउन नसके पछि पीडा सहेर घरमै थलिएर बसेको अबस्थामा देखेपछि उनको उपाचार गर्ने शर्मा अस्पताल भर्ना गरेका हुन । विक सुकुना खोला बगरमा ऐलानी जग्गामा टाटीको झुपडीमा एक्लै बस्दै आएकी थिन ।

गतवर्ष बाटुलीका श्रीमान प्रेसरले हानेरमृत्यु भए पछि उनि एकैले बस्तै आएकि हुन उनिहरुका छोराछोरी समेत थिएन । सहारा दिने कोही आफन्त समेत नभएकाले आर्थिक अवस्था कमजोर भएका कारण विकले उपचार गर्न नसकेको थाहा पाएपछि डा.शर्माले अस्पतालमा ल्याएर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

करिब एक साता अस्पतालमा राखेर उपचार गराएपछि विकको स्वास्थ्यमा सुधार आएको छ । पैसा नभएर उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले निःशुल्क उपचार गराइदिएपछि विक हर्षित भएकिछिन् । ‘उपचार गर्ने पैसा आफु संग नहुँदा दुखाई र पीडा सहेर भएपनि घरमै बसिरहेकी थिएन ।

उनले निशुलक उपचार पाउँछु भन्ने सोचेको पनि थिइन विकले भनिन्, ‘सुनिल सरले धेरैलाई सहयोग गर्नुभएको सुनेकी थिए, समस्यामा परेका बेला अहिले आफैले यत्रो सहयोग पाए भगवान नै आएसर नयाँ जिवन पाएकोमा खुशिरहेको बताईन

समाजसेवी व्यक्तिको पहिचान बनाइसकेका डा.शर्माले बाटुली जस्ता सयौँ बिरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । उनले आफ्नो चुनावी बाचा अनुसार चुनाव जितेको भोलिपल्टैबाट मोरङ–३ का जनताको उपचारका लागि नोबेलमा ५० सयको क्याबिन निःशुल्क उपलब्ध समेत गराइरहेका छन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका डा.शर्मा २२ हजार ७३६ मतान्तरसहित ४८ हजार ६३१ मत ल्याएर निर्वाचित भएका हुन् । चुनाव जितेमा सांसदले पाउने तलब भत्ता नलिने अग्रिम घोषणा गरेका डा.शर्माले सोही बमोजिम सरकारी तलब भत्ता पनि लिएका छैनन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved