धनकुटाका कृषक टर्नेल खेतितर्फ आकर्षित नीजि लगानीमा पनि टर्नेल खेति शुरु गर्नेको संख्या बढ्दो

  • चैत्र २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / पछिल्लो समय टर्नेल खेति कृषकका लागि आम्दानीको दह्रो स्रोत बनेको छ । कृषकहरु टर्नेल खेतितर्फ आकर्षित भएपछि कृषि सम्बन्धी विभिन्न निकाय र स्थानीय तहहरुले कृषकहरुलाई सहयोग पु¥याउँदै आएका छन् । सहयोग नपाउनेहरुले पनि आफ्नै लगानीमा धमाधम टर्नेल खेति गर्न थालेका छन् ।

धनकुटामा पछिल्लो समय कृषहरु टर्नेल खेतितर्फ आकर्षित हुन थालेका छन् । विभिन्न संघ संस्था, कृषिसँग सम्बन्धित कार्यालयहरुले टर्नेल वितरण गरेर टर्नेलमा खेति गर्न सिकाएसँगै कृषकहरुको टर्नेल खेतितर्फ आकर्षण बढेको हो । थोरै ठाउँमा थोरै मेहनत गर्दा बढी आम्दानी हुने भएकोले कृषकहरु टर्नेल खेतितर्फ आकर्षित बनेका हुन् । यो टर्नेल खेति प्रणालीमा कीराको प्रकोप कम हुने भएकोले टर्नेल खेतितर्फ आकर्षित भएको कृषकहरु बताउँछन् ।

महालक्ष्मी नगरपालका वडा नं. ४ का कृषक सरोज पौडेलले उत्पादनको हिसाबले पनि टर्नेल खेतिमा बढी हुने र कीराको प्रकोप पनि कम हुने भएको आफू टर्नेल खेतितर्फ आकर्षित भएको बताए । उनले भने टमटार खेति गर्दा बाहिर कम उत्पादन हुने तर टर्नेल खेतिमा बढी हुने पाइएकोले टर्नेल खेतितर्फ आकर्षित भएको हुँ, टर्नेल खेतिमा किरा छिर्न पाउँदैन, औषधि पनि कम प्रयोग गर्नुपर्छ ।’
परम्परागत खेति गर्दै आएकाहरु तलिम लिएपनि टर्नेल खेतिमा आकर्षित भएका हुन् ।

उनीहरुले बाहिरी खेति गर्दा भन्दा टर्नेल खेति गर्दा आकाश पातालको फरक भएपनि टर्नेल खेतितर्फ आकर्षित भएको बताएका छन् । स्थानीय कृषक पवित्रा कार्कीले तालिम लिएपनि व्यवहारमा उतार्दा फाइदा भएपछि टर्नेल खेतिलाई निरन्तता दिएको बताइन् । उनले भनिन्प हिला उत्पादन राम्रो हुँदैनथ्यो, अहिले टर्नेल खेति शुरु गरेपछि उत्पादन राम्रो भएको छ, आम्दानीको हिसाबले पनि पहिला भन्दा राम्रो भएको छ ।

धनकुटामा युएनडिपीमार्फत धनकुटा नगरपालिकामा २ हजार ५ सय र महालक्ष्मी नगरपालिकामा ५ सय भन्दा बढी टर्नेल वितरण गरेको छ । कृषि ज्ञान केन्द्र स्थानीय तह तथा वडा कार्यालयले पाँच बर्ष यता एक सय भन्दा बढी टर्नेल वितरण गर्दै आएको छ । यो बाहेक व्यवसायिक किसानले आफ्नै लगानीमा टर्नेल खेतिमा लगानी गर्न थालेको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । बेमौसमी उत्पादन, उच्च स्थान र बजार नजिक खेति गर्न यो प्रविधि उपयुक्त रहेको कृषि ज्ञानकेन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगर बताउँछन् ।

उनी भन्छन् ‘व्यवसायिक कृषकहरुले आफैले बुझिसकेका छन् कि टर्नेल खेतिबाट उत्पादन भएको चिजचाहिँ बढी मूल्यमा जान्छ र बढी उत्पादन पनि हुन्छ र यसको गुणस्तर पनि राम्रो हुन्छ भन्ने कुरा कृषकहरुलाई थाहा भइसकेको छ ।’टर्नेल खेति विशेष गरेर बजार छेउछाउ, यातायातको सुविधा भएको ठाउँमा यो प्रणाली अगाडि बढ्यो भने खेति गर्ने कृषिकले राम्रो मूल्य लिन सक्ने केन्द्रका प्रमुख राना मगर बताउँछन् । उनी भन्छन्अहिले यातायातको पहुँच पुगेका ठाउँका कृषकहरुले अहिले यसमा जोड दिएको पाइएको छ ।

उनले टर्नेल खेति माथिल्लो भाग अर्थात चिसो बढी हुने ठाउँमा उपयुक्त हुने बताए । पहिले पहिले टर्नेल खेति गर्न झन्झट मान्ने कृषकहरु यस प्रणालीप्रति चासो राख्न थालेको पाइएको छ । टर्नेल खेतिका कारण कृषकको व्यवसायिकता समेत बढेको स्थानीय तहका जनप्रतिनिधिहरुको भनाई छ ।‘पुरातन प्रणलीको खेति प्रणालीलाई अंगालेका कृषकहरुले पनि टर्नेल खेति गर्न थालेको अनुगमनका क्रममा भेटिएको महालक्ष्मी नगरपालिकाका प्रमुख धुव्रराज रायले बताए । उनले टर्नेल खेतिले कृषकलाई केही न केही खेति गर्ने प्रणालीमा केही न केही भिन्नता ल्याएको बताए ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved