छैटौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप : क्षमादेवी प्लानिङ्ग ब्वाइजलाई उपाधि

  • चैत २२, २०७९
  • "दिपक पुरी"
alt

नडाहा/छैटाैँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उपाधि गर्त बर्षको सावित विजेता क्षमादेवी प्लानिङ्ग ब्वाइजले उचालेको छ ।

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको न्यु स्टार फुटबल क्लबको आयोजनामा बुधबार सम्पन्न गोल्डकपको छैटौं संस्करको अन्तिम खेलमा क्षमादेवी प्लानिङले डिवाइन ब्वाइज युनियन क्लबलाई ट्राइबेकरमा ४ गोलका विरुद्ध ५ गोल गदै उपाधि जितेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा दुबै टिमबाट निधारित समयमा १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियोे । प्रतियोगितामा प्लानिङ्ग ब्वाइजका विदेशी खेलाडी टिम्बालाई डिएरयाभित्र लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै फागुराम थारुले खेलको ३४ मिनेटमा गोल गरेका थिए । भने ४८ औ मिनेटमा ब्वाइज युनियनकाका खेलाडी सुशाम लामाले एक गोल गदै खेललाई बराबरीमा पु¥याएपछि जितको निर्णय पेनाल्टीमार्फत गर्नुपरेको थियो।

टाइबेकरमा प्लाटिन ब्वाइजका तर्फबाट फागुराम थारु , विशाल राई, विवश मगर, रोशन भुजेल, राजेश शाहले गोल गरे भने ब्वाइज युनियनको तर्फ सुजित बुढाथोकी, साहिल राना, विवेक राई, मनोज श्रेष्ठले गोल गरे भने मान कुमार तामाङको प्रहार गोलरक्षक लोकेश चौधरीले बचाउका थिए ।

जितसँगै क्षमादेवी प्लानिङ व्वाइजले नगद ४ लाखसहित ट्रफी हात पात पारेको छ भने उपविजेतामा चित्त बुझाएको डिवाइन वाइज युनियनले नगद २ लाखसहित ट्रफी प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच प्लानिङ्ग ब्वाइज फागुराम थारु घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । यसैगरी बेष्ट गोलकिपर प्लानिङका लोकेस चौधरी, वेष्ट डिफेन्स रिसव अधिकारी, वेष्ठ कोच सचिन्द्र धिमाल घोषित भए । यस्तै वेष्ट मिड फिल्डर ब्वाइज युनिनका उपेश क्षेत्री हुँदै प्रत्येकले १०÷१० नगद प्राप्त गरे भने उत्कृष्ट खेलाडी बनेका शुसान लामाले नगद २५ हजार हात पारे ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved