दुहबीमा निःशुल्क हटलाइन सेवा विस्तार

  • चैत २३, २०७९
  • "चन्दन रौनियार"
alt

दुहबी / सुनसरीको दुहबीमा न्यायमा पहुँच पुर्‍याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको छ ।
बिदाको दिन बाहेक आइतबारदेखि बिहीबार बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म निःशुल्क हटलाइन सेवा सञ्चालनमा रहने जनाइएको छ ।

महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरु लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणका लागि निःशुल्क हटलाइन टेलीफोन नम्बर (१६६०२५५८८९५) जारी गरिएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले निःशुल्क हटलाइन सेवाको समुद्घाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्‍याउन निःशुल्क हटलाइन सेवा शुरु गरेको बताए ।

उनले यो सेवाबाट दुहबीवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्दै दिगो विकासका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
निःशुल्क हटलाइन नम्बरमा फोन गरेर दुहबीको सवै खाले समस्याहरुको सम्बन्धित शाखामा जानकारी दिन सकिने मेयर गच्छदारले जनाए ।


दुहबी नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले चुनावमा दुहबीका नागरिकसंग गरेको वाचाको संकल्प अनुसार निःशुल्क हटलाइन सेवा विस्तार गरेको जानकारी दिइन् । उनले हिंसा पीडित नागरिकलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गरिरहेको बताइन् ।

न्यायिक समिति कानुन तथा मानव अधिकार प्रवर्धन शाखा दुहबीको आयोजनामा बुधबार भएको पत्रकार सम्मेलन मार्फत निःशुल्क हटलाइन सेवाबारे जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा दुहबीका १ देखि १२ वडाअध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारीहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved