तीन महिनादेखि सामुदायिक शिक्षकहरुले तलब पाएनन् : निकासाकाे माग गर्दै पुगे नगरपालिका

  • चैत्र २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/तीनमहिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।
धरानका सामुदायिक विद्यालयमा कार्यरत पेशागत संघसंगठनमा आवद्ध तीन संगठनले धरान उपमहानगरपालिकाको शिक्षा शाखामार्फत् नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मंगलबार पेशागत संघ संगठनसँग आवद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठनका धरान नगर कमिटीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

339351150_754202569733437_170232534925644528_n
नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष बुद्धसागर सुवेदी र एकीकृत नेपाल शिक्षक संगठनबाट बरिष्ठ उपाध्यक्ष रुद्रबहादुर लुङ्वाद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाको अनुपस्थितिमा रमेश शाहलाई बुझाइएको थियो ।
मासिक रुपमा आउनुपर्ने तलब तीन महिना बितिसक्दा पनि नआएपछि स्थानीय ध्यानाकर्षका लागि उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाइएको नेपाल राष्ट्रिय शिक्षक संगठन धरान नगर अध्यक्ष सुवेदीले बताए । उनले भने–‘समयमै तलब नपाउँदा हामीलाई धेरै समस्या भएको छ । तलबमात्र हाम्रो माग हैन अन्य धेरै कुराहरु हाम्रो समस्याका विषय हुन्, शिक्षामा देखिएका समस्याका विषयलाई केन्द्रित गरेर हामीले सात बुँदे ज्ञापनपत्र बुझाएका हौं।’
ज्ञापनपत्रमा उनीहरुले तलबका लागि शैक्षिक सत्र २०८० बाट सम्बन्धित शिक्षक-कर्मचारीको खातामा सोझै मासिक रुपमा इएफटि विधिमार्फत तलव भत्ता निकाशाको व्यवस्था गर्नुपर्ने, तत्काल गरिने प्राथमिक तहको स्थायी पदस्थापनामा गम्भीर हुनुपर्ने, स्थायी गर्दा कार्यरतलाई सोही विद्यालय र अन्यको हकमा विद्यालयको विषयगत अवस्थाको मध्यनजर गरी पदस्थापन गरिनुपर्ने, कक्षा ५, ८ र १० को पाठ्यक्रम प्रबोधिकरण समयमा गरी सम्बन्धित शिक्षकहरूलाई पाठ्यक्रम र मूल्याङ्कन बारेमा पर्याप्त जानकारीको अवसर मिलाउनुपर्ने, शिक्षक कर्मचारी क्षमता विकास कार्यक्रमका लागि आइसिटि वा सूचना प्रविधि लगायतमा तालिमको व्यवस्था गरिनुपर्ने, विगत वर्षहरूमा नयाँ शैक्षिक सत्रमा देखिएको पाठ्यपुस्तक अभावको समस्यालाई यो पटक पनि नदोहोरिनका लागि आवश्यक पहल गरिनुपर्ने, विद्यालयमा उपलब्ध गराउँदै आएको टेलिफोन, इन्टरनेट र सरसफाइ वापतको अनुदान समयानुकुल परिमार्जन गर्नुपर्ने, विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूलाई पनि नगरपालिकाका कर्मचारी सरह खाजा– भत्ताको व्यवस्था गर्ने मागहरु राखेका छन् ।

111111
ज्ञापनपत्र बुझिसकेपछि शिक्षा महाशाखाका प्रतिनिधि शाहले नयाँ शैक्षिक सत्र २०८० वैशाखको पहिलो हप्तामा नयाँ पाठ्यक्रम कक्षा ५, ८ र १० को पाठ्यक्रम प्रबोधीकरण तालिम राख्ने र बैशाखबाट महिनामारी तलब निकासा गराउनका लागि पहल गरिने बताउँदै इहाजिरीलाई व्यवस्थित बनाउने शिक्षा महाशाखाले काम गर्ने प्रतिबद्धता जनाएको नेपाल शिक्षक संगठनका धरान नगर अध्यक्ष सुवेदीले बताए ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved