आज महावीर जन्म–जयन्ती : को हुन् महावीर ?

  • चैत्र २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

आज महावीर स्वामी जन्म जयन्ती, हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जन्म जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।

महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवान्का रुपमा पूजा गरिन्छ । त्यसैकारण यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागीता रहन्छ । तर यसपटक कोरोनाका कारण आफ्नै घरमा उनीहरुले पूजा गर्नेछन् ।
वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाँउ नाजिकको कुन्द ग्राममा ५९९ ईसा पूर्वमा भएको थियो। वर्द्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिन् ।

महान दार्शनिक महावीर, जैन धर्मका संस्थापक र सुधारक हुन् । महावीरको जन्म इशापूर्व भन्दा ५९९ वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्डग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरूमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरू थिए । जैन धर्ममा तीर्थकरहरूको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरू सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ । आज भगवान महावीरको २६२१ औँ जन्मजयन्ती हो ।

भगवान् महावीरलाई वीर, वर्धमान, अतिवीर र सन्मतिको नामले पनि सम्बोधन गरिन्छ । उनले आफ्नो जीवनमा तप र साधनाको नयाँ प्रतिमान स्थापित गरेका थिए । महावीर जयन्ती २०२३ का अवसरमा उनको जीवनसँग जोडिएका प्रमुख विषयबारे जान्नुस् –
को थिए महावीर
महावीरको जन्म बिहारको कुण्डग्राममा ईसापूर्व ५ सय ९९ वर्ष पहिले चैत शुक्लको त्रयोदशीका दिन एक राज परिवारमा भएको थियो । उनका पिताका नाम राजा सिद्धार्थ र माता रानी त्रिशला थिइन् । भगवान् मावीरको बाल्यकालको नाम वर्धमान थियो । १२ वर्षसम्मको कठोर तपस्यापछि उनले आफ्ना इन्द्रियहरुमाथि विजय प्राप्त गरेको मानिन्छ । त्यसैकारण उनलाई महावीर नामले सम्बोधन गरिएको थियो । राज परिवारमा जन्म भएपछि संसारसामु ज्ञान फैलाउनका लागि उनी सन्त बनेका थिए ।
विवाह
महावीरको विवाहलाई लिएर दुुईथरी मत छ । श्वेताम्बर सम्प्रदायका मानिसहरु उनको विवाह यशोधरासँग भएको मान्छन् । उनीहरुका अनुसार यो जोडीकी एक छोरी प्रियदर्शना निकै सुन्दर थिइन् । यद्यपी, दिगंबर सम्प्रदायका मानिसहरुका अनुसार महावीरको विवाह भएको थिएन ।
३० वर्षको उमेरमा घर छाडे
महावीरले ३० वर्षको उमेरमै राजमहलको वैभवपूर्ण जीवन परित्याग गरेका थिए । यसपछि उनी ज्ञान र साधनाको बाटोमा हिंडे । एउटा अशोक वृक्षमुनी बसेर ध्यान गर्न थाले । उनले आफ्नो कठोर तपस्यामार्फत सबै इच्छाहरु र विकारहरुलाई काबुमा लिए । त्यसपछि उनी वर्धमानबाट भगवान् महावीरका रुपमा चिनिन लागे । उनले आफ्नो पूरै जीवन जनकल्याणमा समर्पित गरिदिए । उनले समाज व्याप्त कुरुती र अन्धविश्वासलाई टाढा गरिदिए ।
पाँच सिद्धान्त
भगवान् महावीरले मोक्षको प्राप्तिपछि पाँच सिद्धान्तका विषयमा बताए । उनले आफैं यसको पालना गरे र उनी गइसकेपछि उनका अनुयायीले महावीरद्धारा प्रतिपादित पाँच सिद्धान्तलाई मानिसहरुसम्म पु¥याउने काम गरे ।

उनले आफ्ना प्रत्येक अनुयायीका लागि अहिंसा, सत्य, अचौर्य, बम्ह्चर्य र अपरिग्रहका पाँच व्रतहरु पालना गर्नु आवश्यक छ भन्ने बताए । यी सबै व्रतमा अहिंसाको भावना सम्मिलित छ । यहीकारण जैन विद्धानहरुको प्रमुख उपदेश ‘अहिंसा नै परम धर्मको, अहिंसा नै परम ब्रम्ह् हो, अहिंसाले नै सुख शान्ति दिन्छ’ भन्ने हुन्छ ।
तीस वर्षको उमेरमा महावीरले संसारबाट विरक्त भएर राज वैभव त्यागे । उनि संन्यास धारण गरेर आत्मकल्याणको लागि निस्किए । १२ वर्षको कठिन तपस्यापछि उनले आत्मज्ञान पाएका थिए । ७२ वर्षको उमेरमा उनले पावापुरीबाट मोक्ष प्राप्त गरे।

जन्म जयन्तिको अवसरमा महावीर स्वामीसँग जोडिएको प्रसंग
एक पटक महावीर जंगलमा तपस्या गरिरहेका थिए । उनि एकाग्र चित्तले प्रभुको ध्यानमा थिए । सो जंगलमा गोठाला पनि गाई, भेडा, बाख्रा चराउन आउथे । गोठालाहरु अशिक्षित र अज्ञानी थिए, त्यसैले उनिहरुलाई तपस्याको महत्व थाहा थिएन ।
जब उनि भगवान महावीरलाई तपस्यामग्न देख्थे, उनको खिल्ली उडाउथे र ध्यान भंग गर्ने कोशिश गर्थे , तर महावीर कहिले पनि यी कुराबाट विचलित भएनन् उनि आफ्नो तपस्यामा अटल भावले लागि रहे।

विस्तारै सो कुरा निजकको गाँउसम्म पुग्यो । केहि ग्रामीण बासिन्दाहरु भगवान महावीर भएको ठाँउमा आए । जब महावीरले आँखा खोले तब ती ग्रामीण मानिसहरुले भने,’भगवान, नबुझेर गोठालाहरुले तपाईलाई सताइ रहेका थिए । हामी उनिहरुको तर्फबाट क्षमा चाहन्छौ । हामीले यो सोचेका छौ कि हामी सबै मिलेर तपाईको लागि एक कुटिको निर्माण गरु । त्यहाँ तपाईको सुरक्षाको पनि प्रबन्ध होस , जसले तपाईको साधनामा कुनै समस्या नहोस ।’

भगवान महावीरले उनिहरुको कुरा शान्तिसँग सुनेर भने,’यी गोठाला पनि मेरा आफ्नै हुन् । यदि बच्चाहरु मायाले माता–पिताको मुख आफ्नो स–साना हातले तान्न थाले भने माता–पिता उनिहरुलाई काखमा लिन अस्विकार गर्छन् ? गर्दैनन् नी। तपाईको धन मेरो लागि कुटि बनाउने अपेक्षा भन्दा आश्रम नभएकाहरुका लागि अधिक उपयोगी हुनेछ ।’
महावीरको हृदयको विशालतालाई देखेर ग्रामीण बासिन्दाहरु सहित अज्ञानी गोठालाहरु पनि उनको चरणमा नतमस्तक भए ।
अन्तिम तीर्थकर
झन्डै १२ वर्षको साधनापछि महावीरलाई सच्चा ज्ञान प्राप्त भयो । यसपछि महावीर स्वामी जैन धर्मको २४ औं र अन्तिम तीर्थकर बने । महावीरजीले अलग–अलग स्थानमा गएर जैन धमैका प्रचार गरे । उनले मानिसहरुलाई सही मार्ग देखाएर राम्रो जीवन जिउने प्रेरणा दिए । (विभिन्न अनलाइनको सहयोगबाट निर्मित सामग्री)

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved