कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन परिवर्तन

  • चैत्र २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt काेशी प्रदेश नामाङकरणकाे विराेधमा धरान उपमहानगरपालिका मा । फायल तस्विर ।

धरान /  कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत सयुक्त संघर्ष समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । सोमबार प्रेश विज्ञप्ति जारी गर्दै समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएको हो । 

अहिले चलिरहेको एसइई परीक्षार्लाइ  ध्यानमा राखी परीक्षामा असर पर्ने खालका सार्वजनिक विरोधका कार्यक्रम नराखिएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालभर जारी रहेको एसइई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हडताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको सबैमा जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

 सङ्घर्ष समितिले आन्दोलनमा मृत्यु भएका लाजेहाङ लिम्बु पदमलाई सहिद घोषणा, क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै चैत २६ गते सरकारलाई पुनः १० दिने अल्टिमेटम दिने विज्ञप्तिमा जनाएको छ।

समितिले चैत २७ गते सम्मको आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । शान्तिपूर्ण कार्यक्रमहरूमा चैत २१ देखि २७ गते जिल्ला, गाउँ, नगर र वडा तहसम्म सङ्घर्ष समिति गठन गरी जागरण अभियानलाई निरन्तरता दिइने छ ।

यसैबिच आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको स्वयंसेवक दस्ता निर्माण गरिने छ । कोसी नाम खारेजी किन ? भन्ने शीर्षकमा चैत २० देखि २७ गतेसम्म प्रत्येक दिन बेलुकीको भर्चुअल आमसभा सञ्चालन गरिने छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved