कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन परिवर्तन

  • चैत २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt काेशी प्रदेश नामाङकरणकाे विराेधमा धरान उपमहानगरपालिका मा । फायल तस्विर ।

धरान /  कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत सयुक्त संघर्ष समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । सोमबार प्रेश विज्ञप्ति जारी गर्दै समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएको हो । 

अहिले चलिरहेको एसइई परीक्षार्लाइ  ध्यानमा राखी परीक्षामा असर पर्ने खालका सार्वजनिक विरोधका कार्यक्रम नराखिएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालभर जारी रहेको एसइई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हडताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको सबैमा जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

 सङ्घर्ष समितिले आन्दोलनमा मृत्यु भएका लाजेहाङ लिम्बु पदमलाई सहिद घोषणा, क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै चैत २६ गते सरकारलाई पुनः १० दिने अल्टिमेटम दिने विज्ञप्तिमा जनाएको छ।

समितिले चैत २७ गते सम्मको आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । शान्तिपूर्ण कार्यक्रमहरूमा चैत २१ देखि २७ गते जिल्ला, गाउँ, नगर र वडा तहसम्म सङ्घर्ष समिति गठन गरी जागरण अभियानलाई निरन्तरता दिइने छ ।

यसैबिच आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको स्वयंसेवक दस्ता निर्माण गरिने छ । कोसी नाम खारेजी किन ? भन्ने शीर्षकमा चैत २० देखि २७ गतेसम्म प्रत्येक दिन बेलुकीको भर्चुअल आमसभा सञ्चालन गरिने छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved