मिल्स क्रिकेट प्रतियोगिता दिल्ली र काठमाण्डौं क्रिकेट क्लब विजयी

  • चैत्र २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।

दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको विरगन्जले १२.५ ओभरमा अलआउट भइ ९४ रनमात्रै बनायो । विरगन्जका लागि असिम अन्सारीले २९ रन बनाए । शंकर साहले १३ रन र सुमन सुनवारले १२ रनको योगदान दिए ।

दिल्लीका मोहित पाण्डेले सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । अंकित रोयले ३ विकेट र बैवप पालले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१७ रनको विशाल योफल खडा गरेको थियो ।

दिल्लीका रन्जित सिंहले ३७ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । अभिरुप गुप्ताले ४९ रन बनाए । रोहित त्रिपालीटीले ४९ रनको योगदान दिए ।
विरगन्जका रामनरेश गिरी, दिपेश श्रेष्ठ र हरि शंकर साहले समान २– विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा बजाज युथ क्रिकेट क्लब सप्तरी ११ लाई ५ विकेटले हराउँदै ओसिस काठमाण्डौ क्रिकेट क्लब विजयी भइ क्वाटरफाइनलमा पुगेको छ ।
सप्तरीले दिएको १२९ रनको विजय लक्ष्य काठमाण्डौंले १५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

काठमाण्डौंका सम्राट भुसालले अविजित ३६ रन बनाए । सुजन थपलियाले २४ रन दिए । आदिर खानले १९ रनको योगदान गरे ।
सप्तरीका अनिल यादव, अभिषेक कार्की, पप्पु यादवले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १ सय २८ रन बनाएको थियो । अमित यादवले २७ रन बनाए । अनिल यादवले २३ रन र पप्पु यादवले २२ रनको योगदान दिए ।

काठमाण्डौंका गौतम केसीले ३ विकेट लिए । आदिल खानले २ विकेट र सुमित श्रेष्ठले १ विकेट लिए । म्यान अफ द म्याच काठमाण्डौंका गौतम केसी घोषित भए ।
मंगलबारको पहिलो खेल घरेलु टिम मिल्स क्रिकेट क्लब विराटनगर रानी र दिल्ली युनाइटेड क्रिकेट क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो बैशाली क्रिकेट क्लब पटना र नरपथगन्ज क्रिकेट क्लब बिहार बीच हुनेछ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved