महिला हिंसा विकराल बन्दै ‘हिंसा बढ्नुमा महिलाकै हात’

  • चैत्र २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / घरेलु तथा महिला हिंसा समाजको लागि पछिल्लो समय विकराल बन्दै गएको छ ।
पुरुषले गर्ने महिला हिंसा होस् या महिलाबाट हुने महिला हिंसा होस् बढ्दो अवस्थामा देखिएको छ ।

यसलाई न्यूनीकरण गर्न सम्बन्धित पक्ष लागि परेका छन् । न्यूनीकरणका लागि अहिले सम्बन्धित पक्षले सचेतना फैल्याउने, अन्तरक्रियाको कार्यक्रम गर्ने लगायतका कार्यक्रम अगाडि सार्दै आएका छन् । तर पनि न्यूनीकरण हुन सकेको छैन ।

न्यूनीकरण नहुनुमा स्वयम् महिला नै जिम्मेवारी भएको महिलाहरुले नै बताउने गरेका छन् ।
धरान उपमहानगरपालिका १२ नं वडा समितिले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्ले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा महिला हिंसा बढ्न्को प्रमुख कारण महिलाहरु नै जिम्मेवारी भएको बताएका थिए ।

उनीहरुले महिला हिंसा घरबाट नै हुने गरेको बताउँदै घरमा सासुबाट बुहारी, बुहारीबाट सासुले नै हेप्ने गरेको बताएका छन् । महिला अगाडि बढ्न खोजे खुट्टा तान्ने महिला नै हुने उनीहरुले अन्तरक्रियामा बताएका थिए ।

परिवारमा अनुशासन हराउदै गएको कारण महिलामाथि हिंसा बढेर गएको स्थानीय सुलोचना बिष्ट बताउँछिन् । उनले भनिन्–‘पछिल्लो समय परिवारमा अनुशासन हराएको छ, कसैले कसैको मानमर्दन हुदैन, यसले पनि महिला हिंसाको जन्म दिएको छ ।’

महिला हिंसा महिलाकै कमजोरीका कारण हुने गरेको अनुपमा शाक्य बताउछिन । कमजोरीको फाइदा अरुले लिँदा महिला हिंसा बढेर गएको उनको तर्क छ । उनले भनिन्–‘महिला हिंसाको उपज महिलाको कमजोरी हो, महिला दरिलो भएर उभिन सके महिला हिंसा कम भएर जान्छ ।’

वडामा रहेका महिलाहरु हिंसामा नपरुन् भन्ने उद्देश्यले वडाको महिला लक्षित वर्गका बजेटबाट यो कार्यक्रम गरिएको धरान १२ की महिला सदस्य चुनु थापा बताउछिन्। हिंसारहित समाज निर्माणका लागि वडा वडाबाट अभियान अगाडि बढाउन पनि यो कार्यक्रमको आयोजना गरेको उनको भनाई छ ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण कानुन व्यवसायी द्रोपराज राईले गरेका थिए । उनले संविधानमा उल्लेख भएका कुरालाई व्यवहारमा लागू गर्न पनि यो महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको तर्क थियो । महिला लक्षित यस्ता कार्यक्रमले महिला हिंसा न्यूनीकरणमा ठूलो सहयोग पुग्ने राई बताउँछन् ।

मुलुकमा संघीयता आएपछि स्थानीय सरकारले महिला लक्षित कार्यक्रम बजेट नै छुट्याएर कार्यक्रमलाई अगाडि बढाउन थालेको छ । ०७२ को लोकतान्त्रिक संविधान जारीपछि महिलालाई धेरै अधिकार प्रदान गरेको छ । बजेट नै छुट्याएर गरिएको यस्ता कार्यक्रम प्रभावकारी हुने गरेको तालिममा सहभागी महिलाहरु बताउँछन् ।

इलाका प्रहरी कार्यालयको एक बर्षको तथ्यांकलाई हेर्ने हो भने पनि घरेलु तथा महिला हिंसा धेरै भएको पाइएको छ । प्रहरीको तथ्यांक अनुसार धरानमा आर्थिक वर्ष ०७९÷०८० को चैत्र महिनासम्मा शारीरिक तथा मानसिक यातनामा साउन महिनामा ४६, भदौमा ३०, असोजमा २४, कार्तिकमा १६, मसिरमा १५, पुषमा ३२ माघमा १३, फागुनमा २६ र चैत्र महिनामा ९ जना गरी २ सय ११ वटा मुद्धा परेको छ ।

यसमध्ये १ सय ७३ वटा मुद्दा पछ्यौट भएको पाइएको छ । साउनमा ३७, भदौमा २२ असोजमा २०, कार्तिकमा १३, मंसिरमा १२, पुषमा २२, माघमा ८, फागुनमा १८ र चैत्रमा ४ वटा मुद्दाको फस्र्यौट भएको पाइएको छ ।

एक बर्षको तथ्यांकलाई हेर्ने हो भने पनि महिला हिसा अत्याधिक भएको देखाउँछ । यसैलाई मध्यनजर गरी अहिले प्रहरी प्रशासनमात्र हैन स्थानीय सरकारहरुले पनि महिला हिंसा न्यूनिकरणमा अनेकन प्रयास थालेका छन् ।

 

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved