‘गोठगाउँको मेडिकल कलेज चाँडै सञ्चालनमा आउँछ’

  • चैत २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मोरङको गोठगाउको मेडिकल कलेज चाँडै सञ्चालनमा आउने आश्वासन दिएका छन् ।

पूर्वाञ्चल विश्व विद्यालयको ११ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय सञ्चालन चाडै हुने र यो विश्व विद्यालयले जीवन उपयोगी र प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने कुरामा जोड दिए ।

उनले भने‘शैक्षिक प्रतिष्ठान र विश्व विद्यालयले अध्ययन र अध्यापनसँगै अनुसन्धानको दायरलाई बढाएर अघि बढ्नुपर्छ ।

विश्वविद्यालयहरुलर्य सैद्धिान्तिक ज्ञान दिने थलोमात्र नबनाई विद्यार्थीहरुले जीवनोपयोगी र व्यवारिक ज्ञान तथा सिकाएर आत्मनिर्भर बनाउने खालका शिक्षा प्रदान गर्नुपर्ने प्रधानमन्त्री दाहालको आशय थियो ।

उनले भने  विश्व विद्यालयलयहरुले अधययन अध्यापन मात्र हैन खोज तथा अनुसन्धान आविष्कार गर्न पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।

उनले जनताको चाहनालाई प्राथमिकमा राखेर काम गर्र्न प्रतिबद्धता जनाए । उनले भने गोठगाउँमा चाँडै मेडिकल कलेज सञ्चालन होस भन्ने जन्ताको चाहनालाई स्रोत–साधन जुटाएर र कानूनी जटिलतालाई हटाएर मेडिकल कलेज सञ्चालन गर्न सरकार प्रतिबद्ध छ।

उनले २१ औ शताब्दीको आवश्यकता परिपूर्तिका लागि भएका स्रोत साधनको धेरैभन्दा धेरै प्रयोग गरी वैकल्पिक साधन स्रोतहरुको खोजी गरी विश्व विद्यालयलाई समुदाय स्तरसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।

सो अवसरमा ६ हजार ५सय १३ विद्यार्थी दीक्षित भएका छन् । कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाकोतरमा १०७,शिक्षाशास्त्र संकायमा स्नातक ३५४,स्नाकोतर १४८, व्यवस्थापन संकायमा स्नातक तहमा १ हजार २ सय ४२ र स्नातकोत्तरमा ६१४ विधार्थी दीक्षित भएका थिए ।

चिकित्साशास्त्रमा स्नातकमा २ हजार ३१४ विधार्थी दीक्षित भएका थिए । यसैगरि विज्ञान तथा प्रविधि संकायको स्नातक तहमा १ हजार २६१ र स्नातकोत्तरमा १२३ विद्यार्थी दीक्षित भएका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved