पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित

  • चैत २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटाका पेट्रोलियम व्यवसायीहरुलाई व्यवसायी वेवस्ता गरेको भन्दै व्यवसायीहरु आन्दोलित बनेका छन् ।
कोशी पहाडी जिल्लाका विभिन्न आयोजनाहरुलाई जिल्ला बाहिरका व्यवसायीहशरुले अबैध रुपमा पेट्रोलियम पद्धार्थ बेचेको भन्दै कोशी पहाडी जिल्लाका पेट्रोलपम्प व्यवसायीहरु आन्दोलित भएका हुन् ।

पहाडी क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुमा इटहरी, धरान, विराटनगर, अमलेशगञ्ज, विरगंज, बुटवल, हेटौडा लगायतका पेट्रोल पम्पहरुले अबैद रुपमा पेट्रोलियम पद्धार्थ ढुवानी गरेको उनीहरुले बताएका छन् ।

पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनले धनकुटामा आज पत्रकार सम्मेलन गर्दै जिल्ला बाहिरका पम्पहरुले जथाभावि अबैद रुपमा पेट्रोलियम पद्धार्थ ढुवानी गर्दा यस क्षेत्रका पेट्रोलपम्पहरु धरासायी बन्दै गएको जनाएको छ ।

एशोसियसनले तराइका विभिन्न पेट्रोलपम्पहरुको यस्तो प्रवृतीप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । नेपाल आयाल निगमलाई आफनो नियम कार्यन्वयन भए नभएको निगरानि गर्न समेत एशोसियसनले विज्ञप्ती मार्फत ध्यानकर्षण गराएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘स्थानीय प्रशासन र नेपाल आयल निगमले यस्ता विषयमा निगरानी बढाउदै यस्ता गलत प्रवृती रोकेर त्यस्ता पेट्रोल पम्पहरुलाई तत्काल कारवाहि नगरेमा पहाडी क्षेत्रका सबै पेट्रोल पम्पहरु बन्द गरि प्रशासनलाई चावी बुझाएर आन्दोलनमा जान बाध्य हुने चेतावनी दिन चाहान्छौ ।’

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानि गर्ने सम्बन्धमा टैङकरहरुले निगमबाट विलिङ्ग भए अनुसारको विक्रेताहरुकोमा मात्र पेट्रोलियम पदार्थ डेलिभरि गर्नुपर्ने व्यवस्था भए पनि पम्पहरुले जथाभावि लगेर तेल बिक्री गर्दा निगमलाई राजश्वघाटा हुने पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनका अध्यक्ष अनिस राईले बताए ।

झापामा तामाको तार चो ...

झापा/ झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक ...

भारतबाट ४ करोड ६१ ला ...

झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ...

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved