नवोदयमा निःशुल्क मुटुरोग सम्बन्धी परीक्षण

  • चैत १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा ६२ जनाले परीक्षण गराएका थिए ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क मुटु परीक्षण गरिएको थियो ।

339560466_1660266347762218_2593306816759687027_n

 

सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । सो अवसरमा निःशुल्क औषधि वितरण गरिएको यु.एन. नवोदय हेल्पिङ ह्यान्डका सम्योजक राम लिम्बुले जानकारी दिए ।

घर नजिकै निःशुल्क स्वाथ्य चेक जाँच गर्न पाउँदा सर्वसाधारण हर्षित देखिन्थे । धरान–१६ का ७४ बर्षिय सर्बध्वज लिम्बुले घर नजिक निःशुल्क मुटु जाँच गराउन पाएकोमा खुशी व्यक्त गरे । उनले भने–‘नवोदय बोर्डिङले हाम्रा लागि साह्रै राम्रो काम गरेको छ ।’

धरान–१६ कै दिल कुमारी रामदामले आफ्ना सन्तान अध्ययन गर्ने स्कुलमा सुगर र मुटु जाँच गराएर नि;शुल्क औषधि पाउँदा खुशी व्यक्त गरिन् ।

विद्यार्थीहरु मात्र नभएर अभिभावकहरु पनि स्वस्थ हुनुपर्छ भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको स्कुलका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले बताए । उनले डा. प्रशान्त शाह सहित सम्पूर्ण टिमलाई धन्यवाद दिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved