स्वर्ण महोत्सवमा घण्टाघरको उद्घाटन

  • चैत १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  नेपालकै खाद्य प्रविधि तथा न्युट्रिसन एण्ड डाइटेटिक्स पढाई हुने धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ५० वर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ति मनाएको छ
स्वर्ण महोत्सवको अवसरमा कलेजले विविधि कार्यक्रमको आयोजना गरी मनाएको हो ।
सोही अवसरमा कलेजले स्वर्ण महोत्सवका अवसर पारेर क्याम्पसले छात्रहरूका लागि नयाँ छात्रवास भवनसँगै कलेज परिसरमा निर्माण भएको घण्टाघरको समेत उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहालले एक कार्यक्रमका बीच गरेका थिए ।

स्वर्ण जयन्तीकै अवसरमा क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले परिवारको लगानीमा निर्मित घण्टाघरको पनि उद्घाटन गरिएको थियो । ३२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको ‘हिम–टिका क्लक टावर’ क्याम्पस प्रमुख लिम्बुको परिवारले माता, पिताको स्मृतिमा निर्माण गरिएको हो ।

६५ जना विद्यार्थीहरु बस्न मिल्ने सो छात्रावासको लागत ३ करोड १७ लाख रुपैयाको लागतमा निर्माण भएको क्याम्पसकी सहायक क्याम्पस प्रमुख बविता अधिकारीले जानकारी दिएकी छिन् । क्याम्पसमा यसअघि छात्राहरुका लागि मात्र छात्रावास थियो । क्याम्पसमा हाल विद्यार्थी भने करिब १ हजारको संख्यामा छन् ।

उद्घाटन पश्चात् बोल्दै त्रिविका रजिष्ट्रार दाहालले नेपालकै पहिलो प्रविधि क्याम्पस केन्द्रीय प्रविधि क्याम्पसले प्रविधिमा धेरै जनशक्ति तयार गरेको बताए । उनले यो क्याम्पस स्वायत्तता आंगिक क्याम्पसको रुपमा रहेको बताए । उनले यो कलेज स्थानीयको चासोको विषय भएपनि स्थानीय सरकारका प्रतिनिधि नै अनुपस्थित रहँदा स्वायत्तताको अभ्यास अझै नपुगेको महसुस भएको बताए । उनले यो क्याम्पसलाई त्रिविले हरेक किसिमले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सोही अवसरमा क्याम्पसलाई जग्गादान गर्ने जग्गादाता लगायत विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।
केन्द्रीय प्रविधि क्याम्पस खाद्य प्रविधिमा पिएचडीसम्मको अध्ययन अध्यापन हुने नेपालको पहिलो क्याम्पस हो । क्याम्पस स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा बुधबार स्वर्ण जयन्ती समारोह आयोजना गरिएको थियो ।

क्याम्पस स्थापना २०३० सालमा भएको थियो । सोही अवसरमा स्वर्ण महोत्सव स्मारिका समेत विमोचन गरिएको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved