वराहक्षेत्र मेयर लिग कप फुटबल उपाधि वडा नं ३ को पोल्टामा

  • चैत १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र /  वराहक्षेत्र नगरपालिकामा सम्पन्न वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ ले हात पारेको छ ।

मङलवार सम्पन्न फाइनल खेलमा वडा नं १ लाई १ गोलको बिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै वडा नं ३ ले उपाधि हात पारेको हो ।
उपाधिसंगै वडा नं ३ ले २ लाख १ हजार सहित ट्रफी हात पारेको छ ।

त्यस्तै उपबिजेता बनेको वडा नं १ ले १ लाख १ हजार प्राप्त गरेको छ । तेस्रो बनेको वडा नं २ ले ५१ हजार र चौथौ बनेको वडा नं ७ ले २५ हजार प्राप्त गरेका छन् ।

बिजेता टिमलाई नगर प्रमुख रमेश कार्की , प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौला लगायत वडाध्यक्षहरु जनप्रतिनिधि , राजनीति दलका प्रतिनिधिहरुले पुरस्कार रकम, ट्रफी , म्याडल र प्रमाण पत्र वितरण गरेका थिए ।

वराहक्षेत्र – ७ देविघाट स्थित वसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा सर्वउत्कृट खेलाडी बराहक्षेत्र वडा नं ३ रोशन भुजेल घोषित भए । उनले २१ हजार सहित ट्रफी प्राप्त गरेका थिए ।

उच्च गोलकर्ता नौ गोल गरेका वडा नं २ का दिपेश तामाङ्ग घोषित उनले ५ हजार प्राप्त गरे भने अनुशाशित टिम वडा नं ४ घोषित भएको थियो । उनीहरुले ११ हजार प्राप्त गरे ।
उत्कृष्ट डिफेन्स वडा नं १ का अविषेक श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर वडा नं ७ रविन राई, उत्कृष्ट फर्वड वडा नं ३ यसराज बिक, उत्कृष्ट गोल रक्षक वडा नं ३ निसान थापा, राईजिङ खेलाडी वडा नं १ का प्रसन्न राई, उत्कृष्ट प्रशिक्षक वडा नं ३ अमृत बस्नेत भएका थिए ।

विधागत उत्कृष्ट खेलाडीले पाच हजार सहित ट्रफी हात पारेका थिए । फाइनल खेलको म्यान अफ द म्याच वडा नं ३ का अनिस लिम्बू घोषित भए । उनले नगर २ हजार १ सय सहित ट्रफी प्राप्त गरेका थिए ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा प्रतियोगिता सुरु भएको हो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved