पाल्पाको रानी महल : पर्यटकको रोजाइमा पर्दै

  • चैत्र १४, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / पाल्पा जिल्लाको तानसेनमा रहेको रानी महल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

यो महललाई ‘ताजमहल भनेर चिनिने गरिएको छ । यहाँ बार्षिक लाखौ पर्यटक आउने गरेको स्थानीयहरु बताउँछन् ।

यो ताजमहललाई भारतको ताजमहलसँग तुलना गरिने गरिएको छ । यो दरबारलाई प्रेमको प्रतिकको रुपमा लिने गरिएको छ । प्रेमको प्रतीक भएकै कारण भेलाइन्टाइन डेका दिन धेरै जोडाजोडी महलमा आउने गरेको स्थानीयहरु बताउँछन् ।

तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा रहेको महल उत्तरतर्फ फर्काएर बनाइएको छ । ऐतिहासिक दरवारको रुपमा चिनिने भएकै कारण ताजमहलको महत्व बढेको हो । यो ऐतिहासिक दरबार रहेकै कारण सर्वसाधारणको रो्जाइमा परेको हो ।

धीर शम्सेर १७ भाई छोरा मध्यका एक अर्को भाइ बीर शम्शेरको प्रधानमन्त्रीत्व कालमा यो ताजमहल बढेको इतिहास छ । वीर शमशेरका भाइ खड्क शम्सेर कमाण्डर इन चिफ भएको बेला २८ महिना पश्चात पदच्युत भएपछि पाल्पामा निर्वासित गरिएको बताइन्छ ।

निर्वासित गरिएपछि उनलाई वि.स. १८४५ र्मा रुपन्देही, कपिलवस्तु, वाग्लुङ र पर्वत लगायतका क्षेत्रको जिम्मेवारी दिइएको बताइन्छ । वि.स.१८४५ मा आफ्नो अत्यन्त प्रिय रानी तेज कुमारी देवीको मृत्युको भएपछि भारतबाट इन्जिनियर झिकाई १९५४ मा यो तालमहल निर्माण गरेको इतिहासमा उल्लेख छ ।

पाल्पाको तानसेन देखि १३ कि.मी. उत्तर कालीगण्डकीको तिरमा भिरालो चट्टानमाथी ५–१५–०–२ क्षेत्रफलमा यो दरबार बनेको छ । यस दरबारमा २४ कोठाहरु, २ वटा पोखरी, मन्दिर बगैंचा, पाटी, घोडा, तबेला साथै सर्वसाधारण बस्ने स्थान समेत बनाइएको छ ।

वि.सं.२०७२ साल श्रावण १० गते नेपाल सरकार पुरातत्व विभागबाट तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको हो । यहाँको ऐतिहासिकता नियाल्नकै लागि दैनिक करिब १ हजार ५ सय देखि २ हजार आन्तरिक पर्यटक आउने गरेको बताइएको छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved