बराहक्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको गोल्डकप हुने

  • चैत्र १४, २०७९
  • दिपक पुरी
alt

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिकामा छैटौं संस्करणको अन्तराष्ट्रिय भरौल आमन्त्रित गोल्ड कप बुधबारबाट आयोजना हुने भएको छ ।

वडा नं ५ स्थित कालाबञ्जरमा स्थानीय न्यु स्टार क्लबको आयोजनामा चैत्र १५ गतेदेखि २२ गते सम्म प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए ।

प्रतियोगितामा भारतका दुई क्लव आमुक्त परिवार दार्जिलिङ र कञ्चनजंगा फुटबल क्लव सिलगुडी सहित काठमाडौको २ टिम र चितवन , मोरङ्ग, सुनसरीका टिमहरु सहभागी हुनेछन् ।

जसमा काठमाडौका डिवाईन व्याईज युनियन र क्षमादेवि प्यालिङग व्याईज युनाईटेड , चितवनको केबिए ग्लोवल फुटबल क्लव , मोरङ्गको एन्फा मोरङ्ग, सुनसरीको राष्ट्रिय जनजागृती क्लव र आयोजक न्यु स्टार फुटवल क्लवको सहभागी हुनेछन् ।

प्रतियोगिताको बारेमा सोमवार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन । प्रतियोगिता जगन्नाथ डेजराज जनता माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना हुनेछ । उद्घाटन खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एन्फा मोरङ्गबीच हुनेछ ।

प्रतियोगितामा कुल ५५ लाख ५१ हजार लागत अनुमान गरिएको छ । प्रतियोगितामा विजेता हुने टिमले ४ लाख र उपविजेता टिमले २ लाख सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वउत्कृट खेलाडीले २५ हजार र बिधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार दैनिक म्याच अफ द म्याच ५ हजार प्रदा नगरिने आयोजकले जनाएको छ

नयाँ खेलाडीलाई प्रोत्साहन, खेल कौशल प्रस्तुतीसँगै दुव्यर्सन मुक्त समाजको निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक बराहक्षेत्र नगरपालिका वडा नं ५ का अध्यक्ष रोहित काफ्लेले बताए ।

कालाबञ्जरमा आयोजना हुने अन्तराष्ट्रिय आमन्त्रित भरौल गोल्डकप वराहक्षेत्रको गौरब र प्रतिष्ठित फुटबल प्रतियोगिता समेत भएको काफ्लेको भनाई छ । संयोजक काफ्लेले खेल सम्पन्न भएको २० दिन भित्र यसैगरी पत्रकार सम्मेलन गरेर आय ब्याय सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

आर्थिक संयोजक संन्जिब डुग्गलका अनुसार खेल हेर्न आउने दर्शकहरुले पहिलो चरण खेलमा ५० रुपैयाँ र सेमिफाइनलदेखि १ सयको टिकट राखिएको जानकारी दिए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved