ड्रागन खेतीमा कृषक उत्साहित दरिलो आम्दानीको स्रोत बन्दै

  • चैत १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ ।

अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक रहेको छ । विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएका छन् ।

धरान ५ ठिंगाबारीका दुई दाजुभाइ कृषि फर्म नै खोलेर ड्रागन खेतीतर्फ लागेका छन् । नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका उनीहरुले पशुपालनसँगै ड्रागन खेती समेत सुरु गरेका हुन् । सञ्चालकमध्येका सूर्य लिम्बुले अरु फल सिजनमा एक लट फल्ने भएपनि यो फल ९ देखि १० लटसम्म उत्पादन हुने बताउँछन् । बजारमा प्रतिकेजी ६ सय रुपैयासम्म बिक्री हुने बताउँदै आएका लिम्बुले यसको बजार राम्रो भएको बताए ।

यो फल चैत्र अन्तिमदेखि कोपिला लाग्न शुरु हुन्छ । वैसाखदेखि फूल फुल्ने प्रक्रिया सुरु हुन्छ । कार्तिकसम्म फूलफुल्ने समय भएपनि फूल फुलिसकेपछि ४५ दिनपछि यसको फल लाग्ने अर्का किसान देवी लिम्बु बताउँछन् । फुल्ने, फल्ने प्रक्रिया ६ महिनासम्म निरन्तर हुने भएकोले यसबाट धेरै फाइदा लिन सकिने लिम्बुको भनाई छ ।

व्यापारीहरुले पनि स्थानीयस्तरमा उत्पादन भएका फलफूल विदेशबाट आयात गरेको फलफूलभन्दा गुणस्तरीय हुने दाबी गर्छन् । १५ वर्षदेखि फलफूल व्यवासयी गर्दै आएका व्यापारी मानबहादुर भुजेलले ड्रागन अहिले नेपालमा भियतनामबाट भित्रिने भएपनि त्यहाँको उत्पादन भन्दा नेपालको उत्पादन गुणस्तरीय भएको दाबी गरे ।

उनले राज्यले यस्ता फलहरु उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न सके खाँडी मुलुकमा गएर नेपालीले बेल्चा हान्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
ग्राहकहरुले समेत बाहिरबाट आएको ड्रागन फल भन्दा नेपालमै उत्पादन भएको ड्रागनको स्वादमा आकाशपातलको फरक हुने बताउछन् ।

स्थानीय महेन्द्र अग्रवालले विदेशबाट आएका ड्रागन फल भन्दा नेपालको उत्पादन स्वादिलो भएको दाबी गरे । विगतमा भारतबाट मगाउने गरेका उनले अहिले नेपालकै उत्पादन खरिद गर्ने गरेको बताए । नेपालमा यस खेतीको प्रोत्साहनका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

यसको खेती नेपालमा २०५७ सालदेखि भएको पाइन्छ । सो बेला पशु चिकित्सक जगन्नाथ राईले आफ्नो इन्जिनियर साथीमार्फत भियतनामबाट नेपाल भित्र्याइएको पाइन्छ । ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षिण मोहडा भएको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखि १ हजार ५ सय मिटर सम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । नेपालमा पनि यसको सम्भावना धेरै रहेको विज्ञहरुले बताएका छन् ।

यो खेतिबाट धेरै लाभ हुने भएकोले अहिले विस्तार हुदै जाने क्रम बढ्दै गएको छ । अहिले नेपालमा यसको खेति काभ्रे सुनसरी, रुपन्देही, गोरखा, झापा, धनकुटा, दाङ लगायत धेरै जिल्लाहरुमा गरिदै आएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved