खानेपानीको समस्या जटिल बन्दै

  • चैत्र १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा /  सु्ख्यायाम लागेसँगै धनकुटामा खानेपानीको समस्या चुलिने गरेको छ । विभिन्न कारणले खानेपानीको मुहान सक्दा धनकुटाका स्थानीय बर्षेनी खानेपानी समस्या भोग्न बाध्य छन् । कतै घण्टौ खानेपानी खोजेर जोहो गर्नुपर्ने अवस्था छ भने कतै पाँच ६ दिनसम्म पालो पर्खेर बस्नुपर्ने अवस्था छ ।

धनकुटाको चौवीसे, सहीदभूमि, साँगुरीगढी, छथरजोरपार्टी लगायतका स्थानीय पालिकामा खानेपानीका लागि स्थानीयले धेरै सास्ती भोग्नु पर्ने बाध्यता छ । हिउँद लागेसँगै खानेपानी समस्या हुँदा पानी खोज्न टाँढाटाँढा सम्म जानुपर्ने बाध्यता छ । तुलनात्मक रुपमा सदरमुकाम धनकुटा, पाख्रीबास, महालक्ष्मी नगरपालका लगायतको पालिकामा खानेपानीको समस्या कम छ ।

हिउँद लागेसँगै खानेपानीको समस्या स्थानीय सरकारको टाउको दुखाईको विषय बन्ने गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाको तथ्यांक अनुसार धनकुटामा करिब ८९ प्रतिशत जनता खानेपानीको सहज पहुँचमा र ११ प्रतिशत खानेपानीको पहुँच भन्दा बाहिर रहेको पाइएको छ ।

११ प्रतिशत त खानेपानीको समस्या हुन्छ बाँकी खानेपानीको सहज पहुँच नभएका भनिएका ८९ प्रतिशत पनि हिउँदमा पानी हिउँदमा पानी नहुँदा र नियमित पानी नआउँदा समस्यामा पर्ने गरेका छन् ।

धनकुटाका सातै स्थानीय तहमा कुनै न कुनै रुपमा खानेपानीको समस्या बढ्दो छ । छथरजोरपार्टी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बर्षेनी यो पालिकामा खानेपानीको समस्या बढ्दै गएको बताउँछन् । उनी भन्छन्–‘खानेपानीको समस्या निकै ठूलो समस्या हो,

बर्षेनी सुख्यायाममा यो समस्या बढ्दो छ, मौसम परिवर्तनले गर्दा हिजो रहेको मुहान आज सुख्ने क्रम छ, भोलिका २०–२५ दिनको समयलाई मध्यनजर गर्ने हो भने धनकुटा जिल्लाको छथर गाउँपालिकाकामा अन्य जिल्लाका र अन्य मुहानबाट पानी नल्याउने हो भने खानेपानीको समस्याबाट प्रताडित हुने सम्भावना बढेर गएको छ ।’ 

चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले समेत गाउँपालिकामा खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएको बताएका छन् । उनले भने–‘खानेपानीमा समस्या छ, चौविसे गाउँपालिकामा पनि । यो गाउँपालिकाको ४, ५ वडामा खानेपानीको समस्या छ, पालिकामा लिफ्टिङ सञ्चालनमा आउन लागेको छ ।’

उनले यो गाउँपालिकाको ८ नं. भेग, वडा नं. २ को माथिल्लो भेग र ६ नं. वडाको माथिल्लो भेगमा समेत खानेपानीको समस्या रहेको बताए । उनले भने–‘हामीले यसको प्रारम्भिक अध्ययन गरिरहेका छौैं, नेपाल सरकारमा वृहत खानेपानी योजनाका लागि खानेपानी समस्या भएका वडाहरुलाई प्राथमिकतामा राखेर माग गरेर पठाएका छौं ।’

यता पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले पाख्रीबासमा अन्य पालिकाको तुलनामा समस्या नभएको बताए । उनले भने–‘विगतमा केही समस्या थियो, हामीले लिफ्टिङ गरेर ल्याएका छौं, बजारमा समस्या छैन, गाउँ गाउँमाचाहि केही समस्या छ ।’

जिल्लामा पहिलेको तुलनामा ६० देखि ६५ प्रतिशतसम्म खानेपानीको मुहान सुकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाले् जनाएको छ । जसका कारण जिल्लामा बर्षेनी खानेपानीको समस्या चुलिदै गएको हो ।

वन फडानी, अव्यवस्थित खनिएको सडक, जथाभावि स्काभेटरको प्रयोग, भुकम्प, पोखरीहरु मासिनु, बढ्दो कंक्रिट संरचना निर्माण हुनु लगायत कारणले खानेपानीको मुहान सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डल बताउँछन् ।

खानेपानीको दिगो व्यवस्थापनका लागि जिल्लामा लिफ्ट खानेपानीको योजना अगाडि बढेको उनी बताउँछन् । उनी भन्छन्–‘ अहिलेको तुलनामा ७० प्रतिशत जुन पानीका मुलहरु थिए, यी सबै मूल सुक्दै गएका छन्, निकट भविष्यमा लिफ्टिङकै खानेपानी आयोजनाबाट पानी ल्याएर खानुपर्ने अवस्था रहेको छ ।

निमित्त डिभिजन प्रमुख खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटा दिर्घकालीन रुपमा धनकुटाको खानेपानीको समस्या समाधान गर्न लिफ्ट खानेपाीसँगै मुहानको संरक्षण, वृक्षा रोेपण तथा पोखरी संरक्षण गर्दैै जथाभावि स्काभेटर प्रया्ेग गर्न नहुने विज्ञहरुको सुझाव छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved