कहिले पूरा होला जनजाति पार्क ?

  • चैत ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  सांस्कृतिक पर्यटन प्रवर्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्क पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न नहुँदा अलपत्र परेको छ ।
निर्माण सुरु भएको दश वर्ष बितिसक्दा समेत काम पूरा नहुँदा निर्माणाधीन उक्त पार्क अलपत्र परेको छ ।

सागुँरीगढी गाउँपालिका वडा नं. ६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माणाधीन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको १ करोड ४४ लाख खर्च भइसकेको छ । २०४८ सालमा साविकको गाविस तथा स्थानीय नगर स्तरीय जनजाति महासंघको समन्वयमा निर्माण कार्य सुरु भएको थियो ।

तर आर्थिक बर्ष ०७५÷०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरेका थिए । स्थानीय पालिका तथा प्रदेश सरकारले काम सुरु गरिएको यो पार्कमा चार वर्ष पूरा भइसक्दा पनि काम पूरा नहुदा अहिले अलपत्र परेको छ ।

पार्कमा एक सभाहल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नको लागि विभिन्न स्तम्भहरु बनाइएको छ । बजेट अभावका कारण त्यसबाहेक केही काम अघि बढ्न नसकेको पार्क निर्माण समितिका संस्थापक अध्यक्ष बालकृष्ण राईले बताए ।

उनले भने–‘पार्कको २०६८ सालमा जनजाति महासंघ, गाउँ समन्वय परिषद् भेडेटारले जुन एउटा सानो क्षेत्रमा निर्माण कार्य अगाडि बढाएको थियो, जो चाहिँ ग्रामीण जनता माविको नाममा रहेको जग्गामा निर्माण सुरु गरिएको थियो,

त्यसको मुख्य उद्देश्य यहाँ रहेको जानजातिहरुको संस्कृतिलाई सम्बद्र्धन गर्दै विभिन्न जातजातिहरुको जातीय, साँस्कृतिक पहिचान देखाउन निर्माण गर्न लागिएको हो ।’
स्थानीय ग्रामीण जनता माविको ६ रोपनी जग्गामा विद्यालयले र पालिकाले यसबाट आउने आम्दानीमा साझेदार गर्ने गरी सो पार्क बन्न लागेको जनाइएको छ ।

सो क्षेत्रको वृहत विकास गर्न पार्कका लागि ३ करोड ७७ लाख ८७ हजार सहित अन्य बौद्ध गुम्बा, अतिथि गृह र शौचालय गरी ८ करोडको डिपिआर रहेको छ । पार्क निर्माणका लागि मात्र हालसम्म प्रदेश सरकारको आर्थिक बर्ष ०७५/०७६ मा ७८ लाख ८६ हजार र आर्थिक बर्ष २०७७/०७८ मा ६५ लाख ३० हजार खर्च भइसकेको छ ।

आर्थिक बर्ष ०७८/०८९ मा ७५ लाखको काम हुन नसकी बजेट फ्रिज भएको थियो भने चालु आर्थिक बर्ष ०७९/८० मा १५ लाख विनियोजन भएको छ ।
प्र्याप्त बजेट नआएकोले पार्क निर्माण पूरा हुन नसकेको सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

उनले भने–‘यसको तत्काल निर्माण सम्पन्न गर्नुको लागि पर्याप्त बजेटको आवश्यकता पर्छ, गाउँपालिकाको तर्फबाट तत्काल समितिहरुलाई सक्रिय बनाएर सकेसम्म यही आर्थिक वर्षभित्रमा यो पार्कलाई सञ्चालनमा ल्याउन सकियो भने पर्यटकहरुलाई अवलोकन गराउन सकियो भने गाउँपालिकाको दरिलो आम्दानीको स्रोत समेत बन्छ ।’

उनले यहाँ आउने अधिकांश पर्यटकहरुका लागि पर्यटकीय स्थलको रुपमा परिचित गराउन थप मद्धत पुग्ने बताए ।
यो पार्क नजिकै आत्म बस्ने घर तथा नाम्जे होमस्टे रहेको छ । यो पार्क निर्माण भएपछि पर्यटकले एकै स्थानमा विभिन्न जात जातिको कला, संस्कृति, रहन सहन, भेषभुषा हेर्न पाउने अध्यक्ष रुम्दालीले जानकारी दिए ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved