इटहरी गोल्डकप सेमीफाइनल समीकरण पूरा

  • चैत ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी /  विभागीय टोली त्रिभुवन आर्मीको जितसंगै १३ औ इटहरी गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई ४—१ गोल अन्तरले हराएको हो । आर्मीको जितसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको छ ।

आर्मीको जितमा दिपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले १/१ गोल गरे । रोलिङका डेडी वाम्बाले सान्तवाना गोल फर्काए । खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेश्रो मिनेटमा अग्रता बनायो । डिबक्स नजिकबाट उनले गरेको प्रहार सिधै जाली चुमेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए । युद्ध शाहीको पासलाई कार्कीले सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफमा २ गोलको अग्रता बनाएको आर्मीले दोश्रो हाफमा थप २ गोल गर्न सफल रहयो ।

६२ औ मिनेटमा सुदिल राईले अग्रता ३—० बनाए । दिनेश हेन्जनको पासलाई राईले जाली चुमाए । ६४ औ मिनेटमा रोलिङका अफ्रिकी खेलाडी वाम्बाले पेनाल्टी मार्फत अग्रता ३—१ मा झार्न सफल भए । डिबक्सभित्र बिमल पाण्डेले ह्रयान्ड गरेपछि पाएको अवसरलाई वाम्बाले खेर फालेनन् ।

इन्जुरी समयमा तामाङले गोल गरेपछि आर्मी ४—१ गोल अन्तरको स्पष्ट जित सहित सेमीफाइनल प्रवेश गरेको हो । रोलिङ गत संस्करणमा समेत आर्मीसंग पराजित भएको थियो । १२ औ संस्करणमा सेमीफाइनलमा भिडेका २ टोली यस पटक क्वाटरफाइनलमा आमने सामने भएका थिए ।

आर्मीले आगामी चैत्र ९ गते फाइनल प्रवेशका लागि चिरप्रतिद्धन्द्धी चर्च व्वाइज युनाइटेडसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबले लिग बिजेता मछिन्द्र क्लबसंग प्रतिस्पर्धा गर्नेछ । सगरमाथाले क्यामरुनी टोली एभेनियरलाई हराउँदै सेमीफाइनल स्थान बनाएको थियो ।

मछिन्द्रले आयोजक टोली राष्ट्रिय जागृति क्लबलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो ।
आर्मीका प्रशिक्षक नविन न्यौपानले लिगमा लगातार खेलका कारण अपेक्षा अनुरुप प्रर्दशन नभएको बताए ।

उनले खेलाडीहरुको थकानका कारण २५ प्रतिशत मात्र खेल देखाउन सकेको बताए । न्यौपानेले मंगलबारको खेलमा सुरुवातमा स्कोर निस्किएपछि पनि पाएको धेरै अवसरहरु सदुपयोग हुन नसकेको बताए । खेलाडीहरुको थकानका कारण आश गरिएका खेलाडीहरुबाट अपेक्षिकृत प्रर्दशन नभएको बताए ।

पहिलो रोजाईका केही खेलाडीहरु राष्ट्रिय क्याम्पमा भएपनि जुनियर खेलाडीहरुबाट स्कोर निस्किरहेको बताए । रोलिङका प्रशिक्षक मुकुम लिम्बुले डिफेन्समा बिल्डअप नहुँदा पराजय भोगेको बताए । उनले गोलरक्षको गल्ती कारण गोलका अवसरहरु धेरै निस्एिको बताए । लिम्बुले ए डिभिजन लिगका कारण राम्रा खेलाडीहरु नपाएको कारण प्रतिस्पर्धात्मक टोली तयार गर्न नसकिएको बताए । अफ्रिकी खेलाडीहरु भएपनि अपेक्षा अनुरुप प्रर्दशन गर्न चुकेको उनको भनाइ थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved