वी पी मा मनाइयो विश्व मुख स्वास्थ्य दिवस

  • चैत ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / हरेक वर्ष मार्च २० का दिन विश्वभरी नै मनाइने विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिन्छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सोमबार विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ ।
प्रतिष्ठानका कलेज अफ डेन्टल सर्जरीका विद्यार्थीहरुले वी प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी मनाइएको हो ।
नेपाल डेन्टल एसोसिएसन सुनसरीको विद्यार्थी ईकाइले आयोजना गरेको उक्त कार्यक्रममा चिकित्सक तथा विद्यार्थीहरुले फोटो, पोष्टर, ई(पोष्टर, भिडियो, आर्टिकलहरु प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले सचेतनात्मक नाटक, फेस पेन्ट तथा फ्ल्यास मुब समेत प्रस्तुत गरेका थिए ।
विश्व मुख स्वास्थ्य दिवसको यस बर्षको नारा ‘आप्mनो मुखको स्वास्थ्य माथी गर्व गरौ’ तय गरिएको छ ।

सो अवसरमा प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा.संजिब कुमार शर्मा, शैक्षिक डीन प्रा.डा.शिवेन्द्र झा तथा कलेज अफ डेन्टल सर्जरीका चिफ प्रा.डा.आशिष श्रेष्ठ लगायत शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सो अवसरमा डेन्टल एसोसिएसन सुनसरीका अध्यक्ष तथा कन्जरभेटिव डेन्टिसिटी विभाका प्रमुख डा. मन्नु विक्रमले स्वस्थ मानव जीवनका लागि मुखको स्वास्थ्य पनि अत्यन्तै आवश्यक रहेको बताएका थिए । उनले मुखको सुरक्षाका निम्ति जनचेतना फैलाउनु अपरिहार्य रहेका बताएका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved