पहिचान पुरस्कारबाट तीनजना पुरस्कृत

  • चैत ६, २०७९
  • "प्रकाश दिप्साली राई"
alt

भोजपुर/  यस वर्षको पहिचान पुरस्कार भोजपुरको चखियामा तीनजना स्रस्टालाई प्रदान गरिएको छ ।

देशकै प्रतिष्ठित र ठूलो धनराशीको पुरस्कार यस वर्ष ‘श्रीजङ्गगा, फाल्गुनन्द र इमानसिङ चेम्जोङका लेखोट’ का लेखकद्व्य अर्जुन माबुहाङ, अमित थेवे र ‘गुरु’ उपन्यासकी लेखक कविता राईलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि तथा गीतकार भूपाल राईले सो पुरस्कार वितरण गरेका थिए । पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राईले फेटा गुथेर पुरस्कृत स्रस्टाहरूलाई सम्मान गरेका थिए । त्यसैगरी कवि हाङयुग अज्ञातले मेडल प्रदान गरेका थिए ।

पुरस्कार बोर्डका अध्यक्ष प्रकाश नुमिहाङ राईले पुरस्कार राशी प्रदान गरेका थिए । सो पुरस्कारको राशी ४ लाख २ हजार २ रुपैयाँ रहेको छ । पुरस्कृत स्रस्टाहरूको सायाचोक्मा नाक्छोङले उठाएका थिए ।

कार्यक्रममा बोल्दै कुलपति राईले पहिचान कमजोर हुनुमा राज्यसत्ता मात्र हैन, पहिचानवादीहरूको पनि त्यतिकै कमजोरी रहेको बताए । ‘हामीलाई एकजुट भएर हाम्रो अधिकार माग्ने सद्बुद्धि कहिल्यै आएन’, उनले भने, ‘पछिल्लोपल्ट पहिचानमाथि भएका हस्तक्षेपहरू यसैका उदाहरण हुन् ।’

अहिले आपूः एकेडेमीलाई सकेसम्म सबैको साझा थलो बनाउने प्रयत्नमा रहेको उनले सुनाए । यस्तै, प्राज्ञ राजन मुकारुङले पहिचानलाई स्थापित गर्दा सिङ्गो देश समृद्ध हुने धारणा राखे ।

कार्यक्रममा कवि हाङयुग अज्ञात, देवान राई, प्राज्ञहरू चन्द्र रानोहँछा मुनाराज शेर्मा, टेम्के मयुङ गाउँपालिका प्रमुख रमेश बस्नेतलगायतले बोलेका थिए भने पुरस्कृत कृतिबारे कवि साङ्सेन पन्धाकले चर्चा गरेका थिए । त्यस क्रममा ‘श्रीजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङ’ का स्रस्टा थेबेले पहिचानको एउटा पवित्र भूमि भोजपुरमा पुरस्कृत हुँदै गर्दा आपूmमा जिम्मेवारी थपिएको महसुस भएको बताए ।

सोही पुस्तकका अर्का लेखक एवम लालीगुराँस नगरपालिका प्रमुख माबुहाङले आफ्नो इतिहास र आफ्ना कुराहरू आपैmँले लेखेर स्थापित गर्नुपर्ने बताए । पुरस्कृत अर्की स्रस्टा आख्यानकार कविता राईले राज्य एकीकरणको नाममा आफ्नो भूमिको भाषा, साहित्य, संस्कृतिमाथि धावा बोलिएको चर्चा गर्दै ‘गुरु’ मा सकेसम्म माझ किरातको पहिचानको कुरालाई उठाउने कोसिस गरेको सुनाइन् ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved