धरानमा वैरागी काइँलाको नागरिक अभिनन्दन

  • चैत्र ५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानले आयामेली कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार वैरागी काइँलालाई नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन समारोह समितिले धरान नगर परिक्रमा गराई अभिनन्दन गरेको हो ।

वरिष्ठ गायक दीप श्रेष्ठ र कवि सुदिप पाख्रिनलाई प्रतिभा सम्मानद्वारा सुशोभित गरिएको छ । वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको छ भने कवि पाख्रिनलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेको छ ।

सम्मान समारोहमा सम्मानित वैरागी काइँलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा. डा. गोविन्दराज भट्टराईले प्रकाश पारे । यस्तै वरिष्ठ गायक श्रेष्ठका व्यक्तित्वबारे वरिष्ठ गीतकार शिवशंकर थापाले धारणा राखे भने कवि पाख्रिनको कवित्वबारे वरिष्ठ काव्य साधक बम देवानले बोलेका थिए ।

नेपाली कविताका शिखर साधक काइँलाको अभिनन्दनपछि नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार धरानस्थित सैनिक भवनमा औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्वमा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved