सेन्टरका कागजपत्र अनुसन्धानमा "कोरिया भाषा र सिप सिकाउने तालिम"

  • चैत ५, २०७९
  • " भगीरथ भण्डारी"
alt तस्विर : एस स्टिल तालिम सेन्टरले फलाम वल्डिङ सिकाउँदै बनाएको संरचना

इलाम / गत वर्ष इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिकाले बेमौसमी कामदार भन्दै कोरिया पठाए । छ महिनाका लागि भन्दै पठाएका कामदार अहिलेसम्म फर्किएका छैनन् । त्यसपछि इलाममा सिजनल कामदारको रूपमा कोरिया जान सबै युवा उत्सुक छन् ।

पछिल्लो समय कोरियाको आकर्षणले गर्दा बिहान देखि बेलुका सम्म भाषा पढ्नेको भिड हुन्छ भने सिप सिक्नेमा पनि त्यतिकै भिड हुने गर्दछ ।
सरकारले कोरियामा नेपालबाट मौसमी कामदारका रूपमा लैजान रोक लगाएको छ । तर इलाममा भने कामदारको रूपमा पठाउने भन्दै तालिम सेन्टर सञ्चालन भइरहेका थिए । हाल कुनै पालिकामा मौसमी कामदार लैजाने सहमति नभए पनि इलाममा कोटा आएको छ भन्दै तालिम दिने काम भइरहेको थियो ।

लामो समय कोरिया आई भाषा शिक्षण साथै सीपमुलक तालिम सञ्चालन गरेका सुरेन्द्र राईले सीपमुलक तालिम भन्दै फलाम जोड्ने काम सिकाइरहेका थिए । उनले तालिम सेन्टर नै सञ्चालन गरेर सिप सिकाइरहेका हुन । तर अवैध रूपमा तालिम सञ्चालन भइरहेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा सञ्चालित दुई वटा तालिम सेन्टरका कागजपत्र अनुसन्धानका लागि लिएको हो । इलामको चोक बजारमा रहेको भाषा सिकाउने केएमटी कलेज र सिप सिकाउने एस स्टिल तालिम सेन्टरका कागजपत्र लिएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अधिकृत यादव राउतको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, करदाता सेवा कार्यालय, र शिक्षा समन्वय इकाईका प्रतिनिधि सहितको टोलीले अनुगमन गर्दा ती तालिम सेन्टरको दर्ता, नवीकरण, कर के कस्तो छ भनेर अनुगमन गरिएको राउतले बताए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले के कसरी सञ्चालन भइरहेका रहेछन् भनेर अनुसन्धानका लागि कागजपत्र लिएको भन्दै तालिम सेन्टरलाई थप कागजपत्र पेस गर्न ७ दिनको समय दिएको र आवश्यक कागजात पेस नगरे कारबाही गर्ने बताए ।

कोरिया पठाउने भन्दै तालिम सेन्टरले बढी रकम असुलेको गुनासो आएपछि जिल्ला प्रशासनले अनुसन्धान थालेको हो । पछिल्लो समय सरकारले कोरियामा मौसमी कामदार पठाउन नपाउने भने पनि कोरिया पठाउने भन्दै प्रतिव्यक्ति ९० हजार लिएर सिप मूलक तालिम सञ्चालन भइरहेको थियो ।

सिपमूलक तालिम सञ्चालन गरिरहेका सुरेन्द्र राईले आफूले विदेश पठाउन तालिम नदिएको बताए । उनले कोरिया भाषाको शिक्षक भएकोले कोरिया पठाउने भन्ने हल्ला हुन सक्छ तर वल्डिङ जस्तो काम विश्वमा सम्पन्न देशहरूका नगरिकहरुले गर्न छोडेको र सिप सिक्दा नेपालबाट जाने मजदुर सिप सिकेर गएमा त्यहाँ सम्मान र सिपमूलक काम पाउँछ भन्ने लक्ष्य सहित थालिएको भए पनि हाल यही दक्ष बनाएर व्यावसायिक बनाउने उद्देश्य रहेको बताए ।

यता दुई महिना तालिम लिएपछि कोरिया जान पाउने आसमा इलामका पाँच सय जना युवाले सपिमुलक तालिम लिइरहेका छन् । माईजोगमाई र रोङ गाउँपालिकामा कोरिया पठाउने कोटा आएको भन्दै तालिम लिएको भने पनि पालिकाले आफूहरूलाई यो विषयमा आफूहरूलाई थाहा नभएको बताएका छन् ।

 

काठमाण्डौ एअरपोर्ट ...

काठमाण्डौं । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय न ...

मेयर हर्कराजको समर्थ ...

धरान । धरानका पत्रकार गोपाल दाहाललाई धरानका मेयर हर्क स ...

एम्स एकेडेमीमा नयाँ ...

धरान/  नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत ...

बिआरआई नेपालको हितमा ...

सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved