नेपालले ३५.३ ओभरमा५ विकेट गुमाउँदै २०० रन पूरा

  • चैत २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं / खराब सुरूआत गरेको नेपालले मध्यक्रमका ब्याटरले सम्हालिएर प्रदर्शन गरेपछि २०० रन पूरा गरेको छ।

नेपालले ३५।३ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको हो।

नेपालका लागि भीम सार्की र कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। भुर्तेल ५० रन बनाएर आउट हुँदा सार्कीले ६७ रन बनाए।

३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका भुर्तेलको पाँचौ एकदिवसीय अर्धशतक बनाउँदै आउट भए। भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

६० बलमा अर्धशतक पूरा गरेका सार्कीले ९ चौकासहित ६७ रन बनाए। उनले आरिफ शेखसँग ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। शेखले ४१ रन बनाएर खेलिरहेका छन्। उनलाई गुल्सन झाले ११ रनसहित साथ दिइरहेका छन्।

ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए। कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए ।

त्यसपछि आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट हुँदै नेपालले तेस्रो विकेट गुमायो।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो।

साभार : सेताे पाटि

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved