इलाम बजारमा पिउने पानीको अभाव कुवा–धाराबाट बोक्नुपर्ने बाध्यता

  • चैत्र १, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम / लामो समय सम्म पिउने पानीको सङ्कट झेलेका इलाम बजार बासीले फेरी खानेपानीकै समस्या भोग्न थालेका छन् । नियमित खानेपानी नआउँदा अहिले पनि तीन वर्ष अघिकै समस्या दोहोरिन थालेको छ ।

खानेपानी अभाव भएसँगै बजार नजिकका धारा र कुवामा बाल्टी बोकेर पानी लिन जानुपर्ने अवस्था शुरु भएको छ । नियमित र प्रशस्त पानी नआउँदा बजारमा बसोबास गर्ने उपभोक्ता बजार नजिकै रहेका कुलधारा, खोल्सी धारा, धोवीधारा धाउन बाध्य छन ।

नियमित पानि नआउनु र आएदिन पनि पर्याप्त नआउनुले खानेपानीमा समस्या निम्त्याईरहेको छ । धारा आसपास बसोबास भएका हरुमा धाराजान नजिक भएता पनि नजिकै धारा नभएको क्षेत्रमा भने सँधै समस्या हुने गरेको छ । इलामबजार नजिकै रहेको ताराकुटी टोलमा नयाँ धाराबाट पानी जडान गरेसँगै सँधै समस्यै समस्या हुने गरेको स्थानीयको गुनासो छ । त्यस क्षेत्र नजिकै धारा र कुवा नहु्ँदा खानेपानीको ठूलो समस्या भईरहेको हो ।

लामो समयसम्म खानेपानीको समस्या भईरहेपछि नयाँ आयोजना सञ्चालन हुने भएपछि पर्याप्त पानी आउने आशा बोकेका स्थानीय झन हैरन व्यहोर्न थालेका छन । स्थानीय हेमराज बस्नेत भन्छन नयाँ आयोजना निर्माण हभर्एपछि २४ घण्टै पानी आउने भनेका थिए तर नया आयोजनाको लाईनबाट वितरण हुनथालेपछी पुरानो बाट जति पनि पानी नआएको बताउँछन । उनि भन्छन नियमित आउने हो भने त सहजै हुन्थ्यो होला तर कहिले काँही तिन दिनमा पनि पानी नआउने गरेको बताउछन् ।

इलाम नगरपालीका ७ मा होटल सञ्चालन गरिरहेका होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल खानेपानीमा समस्या आयो भने कसलाई भन्ने अन्योल भईरहेको बताउँछन । उनी भन्छन् इलाम नगरपालिकालाई भन्दा आमयोजनालामई देखाउँछ, आयोजनालाई भन्दा कार्यालयलाई देखाउछ त्यसले झन ठूलो समस्या ल्याईरहेको बताउँछन । बजारमा ४८ घण्टामा एक घण्टा मात्र पानी आएर हैरान व्योहोरेका उपभोक्ता नयाँ आयोजना बन्ने भएपछि खुसी थिए ।

आयोजना सम्पन्न हुँदा २४ घण्टै पानी आउने र प्रयोग गर्न पाउने भएकाले खुसी भएपनि यतिबेला खुसी देखिँदैन । खानेपानी आयोजना निर्माण हुने भएपछि खानेपानी ल्याउनका लागि सुरुमानै प्रति घरधुरी १५ हजार दुई सयका दरले रकम तिरेका नगरबासी अहिले खानेपानीको हालत देखेर झन समस्या आउनेमा चिन्तित बन्नथालेका छन् ।

नयाँ आयोजना निर्माण गुणस्तरहीन

साना सहरी खानेपानी आयोजनाको उपभोक्ता समिति गैर जिम्मेवार बन्दा इलाम बजारका लागि निर्माण भएको आयोजना गुणस्तरहीन बनेको छ । ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपैयाँमा ठेक्का लागेको आयोजनाको उपभोक्ता समिति गैर जिम्मेवार बन्दा आयोजना गुणस्तरहीन बनेको हो ।

नगरपालिकामा वितरण भइरहेको पानी नयाँ आयोजनाबाट वितरण हुन थालेपछि शुल्क धेरै उठेको भन्दै चर्को विरोध भएको थियो । त्यसपछि आयोजना गुणस्तरहीन बनेको र आर्थिक चलखेल समेत भएको हुनसक्ने भन्दै इलामका युवा सुमन श्रेष्ठको नेतृत्वमा इलाम बासीले उक्त आयोजना अख्तियार सम्म पुर्‍याएका थिए ।

अख्तियारमा जाने भएसँगै निर्माण कम्पनीले आयोजनाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । जस अनुसार शनिवार इलाम नगरपालिकामा बसेको सरोकारवालाको बैठकमा गुणस्तरहीन काम हुँदा उपभोक्ता समिति गैर जिम्मेवार बनेको सरोकारवालाले बताएका छन ।

होटेल एसोसिएसनका अध्यक्ष देवी पौडेलले आफूले नयाँ मिटरबाट गएको पानी पहिलेको नगरपालिकाको मिटर जोड्दा एउटै पानी दुई वटा मिटरमा फरक फरक देखाएको बताए । उनले वितरण लाइनमा समस्या आउँदा समाधान गर्न नगरपालिकालाई भन्दा आयोजनालाई देखाउने र आयोजनालाई भन्दा नगरपालिकालाई देखाउने गरेको कारण नगरवासीले समस्या खेपिरहेको बताए ।

आयोजना सम्झौता गर्ने इलाम नगरपालिकाका मेयर इलामका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले यो आयोजना इलाम बजारमा २४ घण्टै पानी वितरण गर्ने गरी सुरु गरिएको बताए । उनले दीर्घकालीन रुपमा लागि सुरु गरिएको आयोजना अहिले नै समस्या हुनुले भोलिका दिनमा ठूलो समस्या आउन सक्ने भन्दै कन्स्ट्रक्सन जिम्मेवार बन्नुपर्ने बताए । आयोजना निर्माण गुणस्तरीय नबन्दा भोलिका दिनमा ठूलो समस्या आउने भन्दै मुहान आसपासका समुदायप्रति सम्झौता अनुसार अघि बढाउनु पर्ने बताए ।


उनले खानेपानी सँगै सरसफाइको कार्यक्रम कता हरायो भन्दै इलाम नगरपालिकाका प्रमुख केदार थापालाई प्रश्न समेत गरे ।

इलाम नगरपालिका नौ का दिपेश अधिकारीले सबैको कुरा मिटर र पाइपमा छ तर नगरपालिकाले हामीलाई नै ४ वर्ष अगाडी लगानी गर्न लाएर प्रति युनिट सुल्क बढाएर ३० देखि ९० पु¥याएको छ यता तिर कोही नबोलेको बताए ।

उनले समस्या सबै भन्दा धेरै शुल्कको हो भन्दै अहिलेको खानेपानी आयोजनाको शुल्क निम्न आयस्रोत भएका नगरवासीको पहुँच भन्दा धेरै टाढा रहेको बताए । न्यूनतम युनिट आठ हजारलाई बढाएर प्रति युनिट पुरानै शुल्क कायम गर्ने हो भने सबै समस्या समाधान हुने बताए ।

यसमा उपभोक्ता समिति जिम्मेवार बन्नु पर्नेमा जोड दिए । इलाम नगरपालिका नौका लक्ष्मण चौलागाँईले खानेपानी आयोजनाको ट्याङ्की निर्माण गर्दा भत्काईएको आफ्नो जमिन बनाईदिने भनी कागज गरेपनि अहिले सम्म केही नगरेको बताए ।

उनले पटक पटक आयोजना उपभोक्ता समितिका अध्यक्षलाई गुनासो राखे पनि गुनासो कार्यान्वयन नभएको बताए । स्थानीय सुमन श्रेष्ठले यो आयोजनामा प्रयोग गरिएको सामान गुणस्तर नभएको प्रमाणित म गरिदिन्छु भन्दै तत्काल जोडिएका मिटर परिवर्तन गर्नु पर्ने र आयोजनाका पाइप व्यवस्थित बनाउनु पर्ने भन्दै इलाम बासीको अनुरोध अनुसारको काम गर्नुपर्ने बताए ।

आयोजनाका अध्यक्ष समेत रहेका इलाम नगरपालिकाका मेयर केदार थापाले यति गुनासो आइसकेपछि मिटर परिवर्तन गरिदिनु पर्‍यो भनी निर्माण व्यवसायी सामु आग्रह गरेका छन । यसलाई यथार्थ के हो अध्ययन गरेर समस्या समाधान गर्नुपर्ने भन्दै मेयर थापाले बाकी भएका काम गर्ने कुरा छँ दै छ तर मिटर र भल्भलाई परिवर्तन गर्नुपर्ने आग्रह गरे ।

उपभोक्ता समिति गैर जिम्मेवार

सना सहरी खानेपानी आयोजनाको उपभोक्ता समिति गैर जिम्बेवार बनेको सरोकारवालाले बताएका छन । निर्माण कम्पनीले काम गरीरहँदा उपभोक्ता समिति के हेरेर बसिरहयो भन्दै उपभोक्ता समिति गैर जिम्बेवार बनेको बताएका हुन ।

आयोजना सञ्चालन गर्न बनेको उपभोक्ता समिति शुरुवाति चरण देखिनै काम गरिरहेको र निर्माण कम्पनीले काम गर्दा मौन रहेको भन्दै सरोकारवालाहरुले समिति गैर जिम्मेवार बनेको बताएका हुन ।

निर्माण कम्पनीले काम गरिरहँदा हरेक कामको अनुगमन गर्नुपर्ने भन्दै जनताले राम्रो काम भएन भन्दा पनि जवाफदेइ नबन्नुले अउभोक्ता समिति गैर जिम्बेवार बनेको आरोप लगाएका हुन ।

उपभोक्ताको लगानीमा ‘रत्यौली’

खानेपानी ल्याउनका लागि शुरुमानै प्रति घरधुरी १५ हजार दुई सयका दरले रकम उठाइएको थियो । २४ घण्टै पानी आउने आयोजना सुरु गर्ने भन्दै शुरुमा खानेपानीको पोईन्ट जोड्दा मिटर र १२ मिटर पाइप जोडिदिने भन्दै रकम उठाईएको थियो ।

सुरुमा भएको सहमतिका आधारमा पहुँचवालाकामा भन्दा अन्य कसैलाई पनि १२ मिटर पाईप वितरण नगरेको पाईएको छ । लामो समय सम्म खानेपानी अभाव भएको कारण २४ भण्टै पानी आउने आसामा रकम तिरेका इलामबासी अहिले पानीमा समस्या भोग्न थालेपछि झन चिन्तित बन्न थालेका छन ।

आयोजना सुरु हुँदा खानेपानी आयोजनाका लागि सन्दुकपुर गाउँपालिकामा रहेका तीन वटा र भाँडी खोलाबाट पानी ल्याइने र सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने आयोजकले बताएको थियो ।

साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दुकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवा खोलाबाट १०–१० तथा सुम्बेकको भाँडी खोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्ने गरी आयोजना सुरु भएको हो । तर निर्माण गुणस्तर नबन्दा सबै पानी पाईपले नथाम्ने भन्दै निर्माण कम्पनीले काम सुधार्नुपर्ने सरोकार वालाले बताए ।

नियम विपरीत शुल्क उठाएको

यो आयोजना सम्पन्न भएपश्चात् एक वर्ष सम्म मर्मत सम्भारका लागि आयोजनाले नै हेर्नुपर्ने र त्यस बेलाको मर्मत सोही आयोजनाले गर्ने सम्झौता भए पनि इलाम नगरपालिकाले हस्तान्तरण नै नभएको आयोजनाको रकम उठाएर आफैले गरेको सम्झौता विपरीत काम गरिरहेको हो । सम्झौता अनुरूप आयोजनालाई सम्पन्न नै हुन नदिई नगरपालिकाले आफूले प्रयोग गर्न थाल्नुले नगरपालिका गैर जिम्मेवार रहेको उपभोक्ताको गुनासो छ ।

नगरपालिकाले पहिले देखि प्रयोगमा ल्याएका मिटर धारा समेट निकाली सकेको र आयोजना सम्पन्न नै नभई उक्त आयोजना आफूले प्रयोग गर्न थालेको कारण खानेपानी वितरणमा समस्या आउनासाथ खानेपानीको सङ्कट आउने देखिन्छ । तराई क्षेत्रमा जताततै प्रयोगमा आएता पनि यस्तो आयोजन पहाडी क्षेत्रमा पहिलो पटक सञ्चालनमा आउन लागेको कारण पहाडी क्षेत्रमा वितरण प्रणालीमा सहज भने छैन ।

एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौतामा आयोजनाको काम भएको हो । आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको प्रारम्भिक तयारी सुरु गरे पनि समयमा काम सम्पन्न भएको थिएन । एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपामा खानेपानी आयोजनाको ठेक्का लागेको थियो ।

यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठुलो खानेपानी आयोजना हो
३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेखे छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्भार गर्ने सम्झौतामा उल्लेख छ । आयोजनाले समयमा काम सम्पन्न नगरे पनि पानी वितरण शुरुको छ । अहिले खानेपानीको समस्या सुरु भएको छ

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved