झुुटा तथा भ्रामक समाचारहरु विरुद्ध प्रदेशस्तरिय कार्याशाला

  • फाल्गुन ३०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  युुथ इनोभेसन ल्याबको आयोजना र नेपाल स्थित अमेरिकन राजदुुतावासको आर्थिक साहयतामा ‘झुुटा तथा भ्रामक समाचारहरु विरुद्ध प्रदेशस्तरिय कार्याशाला हुने भएको छ ।’

पत्रकार,सूूचना समाग्री उत्पादक,नेता तथा अभियान्ताहरुलाई झुुटा र भ्रामक समाचारहरु छुुट्याउने आम सर्वसाधरणमा सहि सूूचना सम्प्रेशण गर्न प्रेरित गर्ने गरि प्रशिक्षण दिने युुथ इनोभेसन ल्याबकी कार्यक्रमकी कार्यक्रम सहायक अरुणा जोशीले जानकारी दिइन ।

सातै वटा प्रदेशमा गर्न लागिएको यो कार्यक्रम मा एउटा प्रदेशबाट २० जनाका दरले प्रशिक्षक प्रशिक्षण  (TOT)  गराईने उनले जानकारी दिइन ।अहिले भ्रमक समाचार तथा सूचनाहरुले नकारात्मक प्रभाब पार्न थालेको र यसका लागि सबैमा सचेतना फैलाउने उदेश्यले यो कार्यक्रम गर्न लागिएको जोशीले बताईन् ।

उनका अनुसार नेपाल स्थित अमेरिकन राजदुतावासले यो कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्ने छ । कार्यक्रमको दिर्घकालिन उदेश्य भनेकको आम सूचनाका उपभोक्ताहरुलाई झुटा तथा भ्रामक सूूचना तथा समाचारहरुबाट बचाउने र त्यस सूचनाहरु छुट्उनलाई प्रेरित गर्ने हो उनले भनिन् ।

झुुटा तथा भ्रामक समाचारहरु विरुद्ध अभियान्ताहरुको सञ्जाल निर्माण गर्ने र हामिसँग उपलब्ध प्लेटर्फम मार्फत बास्तविक र सहि सूचना सम्प्रेशणका आधारहरु निर्माण गर्ने हाम्रो दिर्घकालिन लक्ष्य भएको कार्यक्रम विवरणमा जनाइएको छ । यसमा भाग लिन सबै प्रदेशका इच्छुकहरुले https://apply.shikshya.org/ ।यचनर बाट अनलाईन आबेदन दिन सकिने छ । अनलाइन आबेदन चैत्र १४ गते बेलुका ५ बजे सम्म दिन सकिने छ । यसमा पत्रकारिताको सुरुवाती करियरमा रहेकाहरू, स्वतन्त्र सामग्री सिर्जनाकर्ताहरू, न्यून प्रतिनिधित्व भएका र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई आवेदन दिन सक्नेछन् ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved