जेलभित्र मदिरा र तास प्रकण "छानबिन समितिको प्रतिवेदन सार्वजनिक"

  • फागुन २९, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम / कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो सार्वजनिक भएपछि बनेको समितिको प्रतिवेदनले जेलभित्र मदिरा र तास कसरी प्रवेश गराइयो भन्नेबारे खुल्न नसकेको जनाएको छ ।

११ महिना अघिको भिडियो भन्दै जेलभित्र मदिरा र तास कसरी प्रवेश भयो भन्ने खुल्न नसकेको बताइएको छ । भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृत हरि थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले फागुन २५ मा बुझाएको प्रतिवेदनले भिडियो अहिलेको नभएको देखाएको सिडिओ श्रवणकुमार पोख्रेलले जानकारी दिए । भिडियोमा देखिएका केही कैदी यसअघि नै स्थानान्तरण भइसकेको र फेरबदल गरिएर हाल रहेका सुरक्षाकर्मी पनि घटनामा संलग्न नभएको तर उनीहरूलाई पनि लामो समय यहाँ नराख्न समितिले सुझाव दिएकाले फेरबदल गरिएको सिडिओ पोख्रेलले बताए ।

११ महिनाअघि कारागारको २ नम्बर ब्लकमा एक कैदीको मृत्यु भएको थियो । मान्छे मरेका बेला राति जागै बस्नुपर्छ भन्दै कैदी–बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो त्यति बेलाका असन्तुष्ट चौकीदारले खिचेको प्रतिवेदनले उल्लेख गरेको छ ।

एक कैदीलाई चौकीदारबाट हटाइएपछि उनी असन्तुष्ट रहेछन्, माफी मिनाहाका लागि सिफारिससमेत भएका उनको माफी मिनाहा पनि नभएपछि तिनै चौकीदारले भिडियो रेकर्ड गरेको र अहिले सार्वजनिक गराएको निष्कर्स निकालेको छ । छानबिन प्रतिवेदनले कारागारका ७ विषय÷क्षेत्रमा सुधारको सुझाव दिएको छ ।

आन्तरिक प्रशासनका चौकीदार र नाइकेलाई बढी जिम्मेवार÷जबाफदेही बनाउनुपर्ने, कारागारमा लगिने खाद्यान्नको सूक्ष्म जाँच गर्नुपर्ने, कैदी भेटघाट कक्ष व्यवस्थित गरी बढी निगरानी गर्नुपर्ने, कारागार प्रशासन र सुरक्षाकर्मीबिचको समन्वय प्रभावकारी बनाउनुपर्ने, स्थानीय व्यक्तिलाई चौकीदारका रूपमा राख्न नहुने, कारागार प्रशासनका कर्मचारीलाई बढीमा १ वर्ष र सुरक्षाकर्मीलाई ६ – ६ महिनामा परिवर्तन गर्नुपर्ने जस्ता विषय प्रतिवेदनमा समेटिएको छ ।

अहिले पनि जेलको आन्तरिक प्रशासनले जबाफदेही भएर काम गर्न नसकेका निष्कर्स निकालेको छ ।कारागारका कैदी–बन्दीले जेलभित्रै तास खेलेको र मदिरा पिएको आएपछि स्थानीय प्रशासनले केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर समेत गरेको छ ।

आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका महिला र पुरुष दुवैतर्फका चौकीदार र भिडियोमा देखिएका कैदीलाई कारागार विभागको निर्देशनमा स्थानान्तरण गरिएको छ । भिडियो पुरानो भएकाले कारागारका अहिलेका कर्मचारी र सुरक्षाकर्मी चाहिँ त्यति बेलाको घटनामा नमुछिएको प्रतिबेदनले देखाएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved